चैत २१ काठमाडौँ | चर्चित कलाकार सागर लम्साल बले पक्राउ , जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई शनिबार बिहान बुढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिएको छ।
प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले लम्साल पक्राउ परेको पुष्टि गर्दै अहिले अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए। “उहाँ हाम्रो नियन्त्रणमा हुनुहुन्छ, थप विवरण चाँडै सार्वजनिक गरिनेछ,” उनले बताए। प्रहरी स्रोतका अनुसार, विदेशमा बसोबास गर्ने एक युवतीले सामाजिक सञ्जालमार्फत गम्भीर आरोप लगाएपछि सो विषयमा अनुसन्धान सुरु गरिएको हो। आरोपको सत्यता पुष्टि गर्ने प्रक्रियामा प्रहरी लागेको जनाइएको छ। घटनासम्बन्धी विस्तृत जानकारी र कानुनी प्रक्रियाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले छिट्टै आधिकारिक जानकारी दिने तयारी गरेको छ।

