बढ्यो गाडीभाडा: अन्तरप्रदेशीय यात्रामा नयाँ दर लागू, कुन गन्तव्य कति महँगो?

२५ चैत, काठमाडौं | सरकारले अन्तरप्रदेशीय सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका का अनुसार इन्धनको मूल्यमा हुने उतारचढावका आधारमा भाडा समायोजन गर्ने नीतिअनुसार नयाँ दर लागू गरिएको हो।

नयाँ भाडादर आजैबाट लागू भइसकेको छ। यसअनुसार यात्रुबाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बढाइएको छ। त्यस्तै, पहाडी क्षेत्रमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २१.६८ प्रतिशतले वृद्धि भएको छ भने तराई क्षेत्रमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढाइएको विभागले जनाएको छ।


विभागका अनुसार बढेको भाडा दर अन्तरप्रदेशीय गन्तव्यहरूमा मात्र लागू हुनेछ। एकै प्रदेशभित्र सञ्चालन हुने सवारी साधनको भाडा निर्धारण भने सम्बन्धित प्रदेश सरकारले गर्ने व्यवस्था रहेको छ।


यो पनि पढ्नुहोस :ट्रम्पको चेतावनी गोप्य सूचना लिक गर्ने पत्रकार जेल जान सक्ने   नयाँ सरकार आएपछि लाइसेन्स छपाइ तीव्र, १० दिनमै १.६२ लाख स्मार्ट लाइसेन्स प्रिन्ट,       आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै, एजेण्डा गोप्य.,    काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना नियन्त्रणमा ,  काठमाडौंमा गुण्डागर्दीविरुद्ध कडा एक्सन : किमजोङ बोससहित १७ जना पक्राउ ,  ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइयो – गृहमन्त्री सुधन गुरूङ को टिप्पणी ,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

5 responses to “बढ्यो गाडीभाडा: अन्तरप्रदेशीय यात्रामा नयाँ दर लागू, कुन गन्तव्य कति महँगो?”

Leave a Reply to उपसभामुखमा रुवी कुमारी ठाकुरलाई उम्मेदवार बनाउँदै रास्वपाको समर्थन Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्