३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन आयोजना गर्दैछ, जसअन्तर्गत करिब १५०० वडामा नयाँ समिति चयन हुने भएको छ। पार्टीका सङ्गठन विभाग सचिव शंकर श्रेष्ठ का अनुसार देशभर झण्डै ३ हजार वडामा तदर्थ समिति गठन भइसकेको छ। तीमध्ये आधाभन्दा बढी वडामा अधिवेशन सम्पन्न भइसकेको र बाँकी वडामा आज अधिवेशन गर्न लागिएको हो।
रास्वपाले वडा अधिवेशन दुई चरणमा सम्पन्न गर्ने निर्णय गरेको छ। वैशाख २० गतेअघि तदर्थ समिति गठन भएका वडामा आज अधिवेशन भइरहेको छ भने त्यसपछि गठन भएका वडाको अधिवेशन जेठ १६ गते गर्ने कार्यतालिका छ। यससँगै पार्टीले पालिका तहको अधिवेशन पनि दुई चरणमा गर्ने जनाएको छ। जेठ ९ र १७ गते पालिका अधिवेशन आयोजना हुनेछ। पार्टीको निर्णयअनुसार कुनै पालिकामा ३० प्रतिशत वडा अधिवेशन सम्पन्न भएमा माथिल्लो तहको अधिवेशन रोक्न नपाइने व्यवस्था गरिएको छ।
जिल्ला अधिवेशन जेठ २३ र २४ गते सञ्चालन हुनेछ भने प्रदेश अधिवेशन जेठ २६ देखि सुरु भएर असार १ गतेसम्म चल्नेछ। रास्वपाले आफ्नो पहिलो केन्द्रीय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवन मा आयोजना गर्ने तयारी गरेको छ। पार्टी स्थापना भएको चार वर्ष पूरा भएको अवसरमा महाधिवेशन आयोजना गर्न लागिएको हो।
यो पनि पढ्नुहोस:मङ्गल ग्रहमा महासागर थियो? ‘शालबाताना भालिस’ उपत्यकाले दियो चकित पार्ने संकेत, सिन्धुपालचोकमा ५६ लाखका १,६२० भेपसहित ७ जना पक्राउ, माडीमा चेपाङ समुदायका लागि ३९ पक्की घर निर्माण हुँदै, बागमती सरकारको पहल, चीनले २०० बोइङ जेट किन्ने ट्रम्पको दाबी, बजारमा प्रभाव: सेयर ४% ले घट्यो, पूर्वाधार आयोजनामा ढिलाइ रोक्न ‘फास्ट ट्र्याक इजलास’ सिफारिस,, प्रधानमन्त्री कार्यालय झन् शक्तिशाली: मन्त्रालय घटाउँदै सरकारको ठूलो पुनर्संरचना , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply