३० वैशाख काठमाडौं । शिक्षा मन्त्रालयबाट विज्ञान-प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तनसम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गरेको छ। अन्य मन्त्रालयहरूको कार्यविभाजनमा हेरफेर गरी समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय मन्त्रालय कामय भएको छ । यसमा युवा तथा खेलकुद मन्त्रालयको खेलकुदको भाग शिक्षामा गाभिएको छ । युवालाई लगेर श्रम तथा रोजगार मन्त्रालयमा गाभिएको छ ।
श्रम तथा रोजगारमा रहेको सामाजिक सुरक्षाको भागलाई महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय बनाइएको छ । यो मन्त्रालयमा अहिले यौनिक तथा अल्पसंख्यकहरूलाई पनि अपनत्व हुने गरी नामाकरण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनाइएको छ ।
शहरी विकास, खानेपानी र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई गाभेर पूर्वाधार विकास मन्त्रालय बनाइएको छ । कृषिमा वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ । यसअघि कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्रालय छुट्टा छुट्टै थिए । नयाँ सरकार गठन भएलगत्तै जारी गरिएको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ अन्तर्गत प्रशासनिक सुधार र खर्च कटौतीका लागि मन्त्रालयको संख्या पुनरावलोकन गर्ने योजना अघि सारेको थियो ।
सोही योजना कार्यान्वयन गर्न सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित ‘पुनर्संरचना व्यवस्थापन सचिवालय’ ले बुझाएको प्रतिवेदनकै आधारमा मन्त्रालयहरूको कार्यविभाजन, नाम परिवर्तन र एकीकरण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्रालय घटाउँदै सरकारको ठूलो पुनर्संरचना मन्त्रालयहरूको नाम :
हाल कायम १८ मन्त्रालयको सूची
१. प्रधानमन्त्री कार्यालय
२. अर्थ
३. गृह
४. परराष्ट्र
५. रक्षा
६. सञ्चार
७. पूर्वाधार विकास
८. शिक्षा तथा खेलकुद
९. उद्योग, वाणिज्य तथा आपूर्ति
१०. कृषि, वन तथा पर्यावरण
११. स्वास्थ्य तथा खाद्य सुरक्षा
१२. कानुन, न्याय तथा संसदीय मामिला
१३. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१४. ऊर्जा, जलस्रोत तथा सिँचाइ
१५. विज्ञान, प्रविधि तथा नवप्रवर्तन
१६. युवा, श्रम तथा रोजगार
१७. भूमि, सहकारी तथा मानव संसाधन
१८. महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा
यो पनि पढ्नुहोस: इरानमाथि साउदी अरबले गोप्य आक्रमण खुलासा, गण्डकीमा राइड सेयरिङ नियम संशोधन, निजी चारपांग्रे बाहिर, धादिङ गल्छीमा भीषण दुर्घटना : ३४ घाइते काठमाडौं रिफर, राष्ट्रपतिको सम्बोधनकै बीचमा उठेर हिँडे बालेन, एसईई नतिजा आज सार्वजनिक: ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, ३४ लाखका गहना चोरी प्रकरण: २२ लाख नगदसहित ३ जना पक्राउ, , देउवा दम्पतीविरुद्ध रेड नोटिस प्रक्रिया अगाडि बढ्यो, इन्टरपोललाई थप कागजात पठाइयो, मञ्जुश्री सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष पक्राउ, सुशीला कार्कीको आक्रोश– अब मलाई होइन, बालेनकी श्रीमतीलाई ‘आमा’ भन्नू, हर्मुजमा नयाँ नियम लागू गर्दै इरान, भेसल इन्फरमेसन डिक्लेरेसन’ फाराम भर्नुपर्ने, साफ महिला च्याम्पियनसिप जित्ने नेपालको लक्ष्य, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply