उत्तरी फिलिपिन्समा भीषण पहिरोले तीन घर पुरिए, चार जनाको मृत्यु र छ बेपत्ता

उत्तरी फिलिपिन्समा भीषण पहिरो

२५ साउन, काठमाडौं । उत्तरी फिलिपिन्सको पहाडी तथा पर्यटकीय सहर बागुइओमा गएको पहिरोमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य छ जना बेपत्ता भएका छन्। अविरल वर्षापछि आएको पहिरोले स्थानीय बस्तीका तीनवटा घर पूर्ण रूपमा पुरेको छ।

स्थानीय अधिकारी तथा सञ्चारमाध्यमका अनुसार बागुइओ सहरस्थित बारान्गे गुइसद सुरोङको रिभरसाइड क्षेत्रमा आइतबार साँझ करिब ७ बजे अचानक पहिरो खसेको थियो। पहाडको माथिल्लो भागबाट खसेको ठूलो पहिरोले नदी किनारमा रहेका आवासीय घरहरूलाई क्षणभरमै पुरेको थियो। पहिरोमा परेर ज्यान गुमाएका चार जनाको शव फेला पारिएको छ भने पुरिएका अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ।

प्रतिकूल मौसम र निरन्तरको वर्षाका कारण उद्धार टोलीलाई खोजी तथा राहत कार्यमा कठिनाइ भइरहेको छ। सुरक्षा निकाय, उद्धारकर्मी र स्थानीय बासिन्दाहरूले पहिरोको पन्छाउँदै बेपत्ताहरूको खोजी जारी राखेका छन्। सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै सो क्षेत्रका अन्य बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

फिलिपिन्समा प्रत्येक वर्ष मनसुन र मनसुनी आँधीका कारण भारी वर्षा भई बाढी तथा पहिरोको प्रकोप दोहोरिने गर्छ। विशेष गरी पहाडी भूभाग र नदी तटीय क्षेत्रमा रहेका बस्तीहरू उच्च जोखिममा रहने भएकाले स्थानीय प्रशासनले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

यो पनि पढ्नुहोस: नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, ४ अर्ब ६२ करोडमाथिको सेयर कारोबारकामना सेवा विकास बैंकद्वारा १५ प्रतिशत लाभांश घोषणा, चालु वर्ष लाभांश दिने पहिलो बैंककर्णाली डेभलपमेन्ट बैंक घोटाला: तत्कालीन सीईओ नीरजविक्रम शाहसहित ३ जना पक्राउ, सरकारको नियतमा शङ्का छैन, तर सञ्चालनमा ढङ्ग पुगेन: रास्वपा सांसद मनिष झा, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात, नेपालमा पर्यटकीय गतिविधिको विस्तार: पूर्वाधार विकास र नयाँ रणनीतिमा जोड, बङ्गलादेशतर्फ नेपालको बिजुली निर्यात सुरु: ऊर्जा क्षेत्रमा ऐतिहासिक सफलता,नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त,काठमाडौँ र कास्कीबाट लागुऔषध, चोरी र फरार मुद्दाका ८ जना पक्राउमधेस प्रदेशमा ९५ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, साढे तीन लाख हेक्टर खेतमा हरियाली,
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेशकाठमाडौंका विभिन्न स्थानबाट स्रोत नखुलेको २४ लाख बढी नगदसहित दुई जना पक्राउ,समावेशितालाई नारामा होइन, राज्यको नीति र स्रोतमा ढाल्नुपर्छ: उपराष्ट्रपति यादव

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्