काठमाडौंका विभिन्न स्थानबाट स्रोत नखुलेको २४ लाख बढी नगदसहित दुई जना पक्राउ

विश्वनाथ सहनी पक्राउ, पत्नी खुट्टा काट्ने घटना

२५ साउन, काठमाडौं । उपत्यकाका छुट्टाछुट्टै स्थानबाट वैधानिक स्रोत खुलाउन नसकेको २४ लाख रुपैयाँभन्दा बढी नगदसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अवैध वित्तीय कारोबार तथा गैरकानुनी रकम ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई रकमसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा स्याङ्जाको वालिङ नगरपालिका–६ घर भई हाल काठमाडौंको बानेश्वर बस्दै आएका ४१ वर्षीय ईश्वर थापा र काठमाडौंको कपन क्षेत्रमा बस्दै आएका ४२ वर्षीय सुदर्शन खड्का रहेका छन्। उनीहरूलाई काठमाडौं महानगरपालिका–२६ लगायतका फरक-फरक स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरी टोलीले थापाको साथबाट १९ लाख ९४ हजार रुपैयाँ र खड्काको साथबाट ४ लाख ८ हजार रुपैयाँ गरी कुल २४ लाख २ हजार रुपैयाँ बरामद गरेको छ। पक्राउ परेका दुवै जनाले बरामद रकमको वैधानिक आम्दानीको स्रोत र प्रामाणिक आधार पेस गर्न नसकेपछि रकमसहित उनीहरूलाई हिरासतमा राखिएको छ।

पछिल्लो समय काठमाडौं उपत्यकामा हुण्डी, गैरकानुनी व्यापार तथा राजस्व छलीका घटना बढेको भन्दै प्रहरीले निगरानी तीव्र बनाएको छ। बरामद नगदसहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान अघि बढाइएको र आवश्यक कानुनी कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग वा सम्बन्धित निकायमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस: नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, ४ अर्ब ६२ करोडमाथिको सेयर कारोबारकामना सेवा विकास बैंकद्वारा १५ प्रतिशत लाभांश घोषणा, चालु वर्ष लाभांश दिने पहिलो बैंककर्णाली डेभलपमेन्ट बैंक घोटाला: तत्कालीन सीईओ नीरजविक्रम शाहसहित ३ जना पक्राउ, सरकारको नियतमा शङ्का छैन, तर सञ्चालनमा ढङ्ग पुगेन: रास्वपा सांसद मनिष झा, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात, नेपालमा पर्यटकीय गतिविधिको विस्तार: पूर्वाधार विकास र नयाँ रणनीतिमा जोड, बङ्गलादेशतर्फ नेपालको बिजुली निर्यात सुरु: ऊर्जा क्षेत्रमा ऐतिहासिक सफलता,नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त,काठमाडौँ र कास्कीबाट लागुऔषध, चोरी र फरार मुद्दाका ८ जना पक्राउमधेस प्रदेशमा ९५ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, साढे तीन लाख हेक्टर खेतमा हरियाली,
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेशकाठमाडौंका विभिन्न स्थानबाट स्रोत नखुलेको २४ लाख बढी नगदसहित दुई जना पक्राउ,समावेशितालाई नारामा होइन, राज्यको नीति र स्रोतमा ढाल्नुपर्छ: उपराष्ट्रपति यादव

Leave a Reply

Your email address will not be published. Required fields are marked *