भोटेकोशी नदीमा बाढीको ठूलो जोखिम नरहेको महाशाखाको स्पष्टोक्ति

भोटेकोशी नदीमा बाढीको ठूलो जोखिम नरहेको महाशाखाको स्पष्टोक्ति

रसुवाको भोटेकोशी नदीमा बाढीको ठूलो जोखिम नरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ। रसुवास्थित ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका नागरिकमा त्रास फैलिएको थियो, तर महाशाखाले हाल तटीय क्षेत्रमा कुनै ठूलो बाढीको खतरा नरहेको भन्दै सर्वसाधारणलाई आश्वस्त पारेको छ।

यसअघि भोटेकोशी नदीमा एकाएक जलसतह बढेपछि रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले सम्भावित मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सार्वजनिक आग्रह गर्नुभएको थियो। स्थानीय प्रशासनको उक्त पूर्वसूचनापछि रसुवासँगै तल्लो क्षेत्रमा पर्ने नुवाकोट र धादिङका नदी किनारा आसपासका बस्तीहरूमा त्रास छाएको थियो।

बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्यसका सहायक नदीहरूमा जलसतहको मापन निरन्तर भइरहेको जनाएको छ। नदीमा पानीको बहाव केही बढेको देखिए तापनि बस्ती नै जोखिममा पार्ने गरी ठूलो बाढी आउने सम्भावना नरहेको महाशाखाको भनाइ छ। तटीय क्षेत्रका बासिन्दालाई त्रासपूर्ण भ्रामक खबरको पछि नलाग्न तर मनसुनी सिजन भएकाले सामान्य पूर्वसतर्कता भने अपनाइराख्न आग्रह गरिएको छ।

विशेष गरी मनसुनको समयमा पहाडी तथा हिमाली जलाधार क्षेत्रमा हुने तीव्र वर्षाका कारण भोटेकोशी जस्ता तीव्र गतिको बहाव भएका नदीहरूमा अचानक जलसतह घटबढ हुने गर्दछ। रसुवा, नुवाकोट र धादिङका स्थानीय प्रशासनले पनि नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई नदी आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र माछा मार्ने वा काठ सङ्कलन गर्ने जस्ता जोखिमपूर्ण काम नगर्न सूचित गरेका छन्।

बाढी पूर्वानुमान महाशाखा र विपद् व्यवस्थापन निकायहरूले नदीको बहावलाई २४ सै घण्टा अनुगमन गरिरहेको र स्थिति नियन्त्रणमै रहेको पुष्टि गरेका छन्। महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई विपद् सम्बन्धी आधिकारिक सूचना र पूर्वसूचना प्रणालीका अपडेटहरूमा मात्र ध्यान दिन अपिल गरेको छ।

थप उपयोगी लिङ्कहरू

यो सामग्री WpNewblog द्वारा तयार — www.rameshpoudel.com

Founded by Ramesh Poudel

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्