चैत १४ | काठमाडौं । Indian Premier League (आईपीएल) क्रिकेट २०२६ आजदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा साविक विजेता Royal Challengers Bangalore र Sunrisers Hyderabad भिड्दै छन् ।
बेंगलुरु र हैदराबादबीचको खेल बेलुका पौने ८ बजेदेखि M Chinnaswamy Stadium मा सुरु हुनेछ । बेंगलुरुको कप्तान Rajat Patidar रहेका छन् भने हैदराबादको नेतृत्व Ishan Kishan ले गर्नेछन् । नियमित कप्तान Pat Cummins ढाडको चोटका कारण सुरुवाती खेलमा उपलब्ध हुने छैनन् ।
प्रारम्भिक चरणमा मार्च २८ देखि अप्रिल ११ सम्म २० खेल खेलाइनेछन् । त्यसपछि अप्रिल १३ देखि मे २४ सम्म ५० खेल आयोजना हुनेछन् । प्रतियोगिताका खेलहरू Bengaluru, Mumbai, Chennai, Kolkata, Delhi, Ahmedabad, Hyderabad, Lucknow, Jaipur, Dharamshala, Raipur र Chandigarh लगायतका सहरमा हुनेछन् ।
यस संस्करणमा आठ डबल–हेडर खेल पनि राखिएका छन्, जहाँ एकै दिन दुई खेल खेलाइनेछ । दिउँसोको खेल नेपाली समयअनुसार ३:४५ बजे र बेलुकीको खेल ७:४५ बजे सुरु हुनेछ ।
गत सिजनको फाइनलमा बेंगलुरुले Punjab Kings लाई हराउँदै पहिलोपटक उपाधि जितेको थियो ।

