१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्।
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा दीपक खड्का पक्राउ, उनलाई नियन्त्रणमा लिएको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) स्रोतले जनाएको छ। खड्का लैनचौरस्थित स्काउटको जग्गा विवादमा समेत मुछिएका छन्। यसअघि जेनजी आन्दोलनका क्रममा उनको निवासमा भएको आगजनीपछि ठूलो रकम उडेको दाबी गर्दै एक भिडियो सार्वजनिक भएको थियो, जसबारे पनि अनुसन्धान भइरहेको छ। प्रहरी स्रोतका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने बताइएको छ। source

