२९ असोज, काठमाडौं ।
काठमाडौं। दशैंको अवसरमा सञ्चालित म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अफर अन्तर्गत थप तीन जना भाग्यशाली उपभोक्ताले सवारी साधन जितेका छन्। म्याक्स टाइगरको क्यान खोल्ने क्रममा बनेपाका कुमार राज, धादिङ गल्छीका संजोग रिमाल र सुर्खेतका किशोर जंग शाहले आकर्षक सवारी साधन जित्न सफल भएका हुन्।
प्राप्त विवरण अनुसार बनेपाका कुमार राज र धादिङका संजोग रिमालले यामाहा एफजेट एफआई (Yamaha FZ FI) मोटरसाइकल प्राप्त गरेका छन् भने सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर (Yamaha Ray ZR) स्कुटर जितेका छन्। चाडपर्वको समयमा अनपेक्षित रूपमा उपहार परेपछि विजेताहरूमा उत्साह छाएको छ। पुरस्कार जितेपछि खुसी व्यक्त गर्दै धादिङका संजोग रिमालले भने, ‘क्यान खोल्दा यस्तो सरप्राइज पाइएला भन्ने सोचेको पनि थिइनँ, यसपालिको दशैं म्याक्स टाइगरले साँच्चिकै विशेष बनाइदियो।’
ललितपुरको पुल्चोकस्थित ‘द प्लाजा’मा एक कार्यक्रमबीच घोषणा गरिएको यस ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियान अन्तर्गत कुल १८ जनालाई यामाहा एफजेट एफआई मोटरसाइकल, १८ जनालाई यामाहा रे जेडआर स्कुटर र एक जनालाई बम्पर उपहार स्वरूप प्रोटोन कार प्रदान गरिनेछ। हालसम्म देशभरका धेरै उपभोक्ताले यस योजना मार्फत पुरस्कार जितिसकेका छन् भने मुख्य बम्पर कार सहित अधिकांश पुरस्कारहरू अझै जित्न बाँकी नै छ।
चाडपर्वको समयमा उपभोक्तालाई पेय पदार्थको स्वादसँगै रोमाञ्चक सरप्राइज र खुसी बाँड्ने लक्ष्यका साथ यो अभियान ल्याइएको कम्पनीले जनाएको छ। यो योजना हाल देशभर जारी रहेकाले म्याक्स टाइगरको प्रत्येक क्यानसँगै उपभोक्ताका लागि बम्पर कार तथा अन्य सवारी साधन जित्ने अवसर खुल्लै रहेको छ।
यो पनि पढ्नुहोस: नेपाली समाजमा वर्गीय रूपान्तरण भए पनि जातीय विभेदका अवशेष कायमै : डा. युवराज खतिवडा, रसुवाका बाढी प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री र पाठ्यपुस्तक वितरण, सार्वजनिक निर्माण ठेक्कामा मूल्य समायोजन निर्णय: कुन आयोजनामा के-कस्ता सर्त?, नेपाली कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल सर्वाधिक मतसहित विजयी, उदय र डिला पनि निर्वाचित, नेपाली कांग्रेस उपसभापतिमा चन्द्र भण्डारी सर्वाधिक मतसहित विजयी, मधु र विनोद पनि चुनिए, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै: नवरात्रको दोस्रो दिनको धार्मिक महत्व र विधि, बूढीगण्डकी पहिरो र भूक्षयले स्यारखोला क्षेत्रमा निम्त्यायो गम्भीर संकट, बूढीगण्डकी बाढी आउनुअघि जमिनमा कम्पन मापन गरिएको वैज्ञानिक खुलासा
पर्यटन प्रबन्धनको लागि tarevir.com,
नागरिक जिम्मेवारीको लागि jimmewari.com,
दक्ष सेवाहरूको लागिskillssewa.com
को सुरुवात गरिएको छ, जसले सेवाको सहज व्यापार र सचेतनाका लागि मञ्च प्रदान गर्नेछन्।




















Leave a Reply