रामनवमी आज: देशभर बिदा, मन्दिरहरूमा भक्तजनको भीड

१३ चैत, काठमाडौं । मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको जन्मजयन्तीका रूपमा मनाइने रामनवमी पर्व आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ।

यस अवसरमा सरकारले आजका लागि देशभर सार्वजनिक बिदा घोषणा गरेको छ। बिहानैदेखि विभिन्न राम मन्दिरहरूमा पूजाआजा र दर्शन गर्ने भक्तजनहरूको भीड लागेको छ। विशेषगरी जनकपुरस्थित रामजानकी मन्दिरमा ठूलो संख्यामा श्रद्धालुहरू उपस्थित भएका छन्।

धार्मिक विश्वास अनुसार, आजको दिन व्रत बस्ने र भगवान् रामको पूजा-आराधना गर्नेले जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त गर्ने मान्यता रहेको छ।

धर्मग्रन्थहरूका अनुसार त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्याको जेठो पुत्रका रूपमा भगवान् विष्णुको अवतार मानेर रामको जन्म भएको उल्लेख पाइन्छ। रामले पछि मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेका थिए र अधर्म तथा दुष्ट शक्तिहरूमाथि विजय हासिल गरेका थिए भन्ने कथा वाल्मिकीय रामायणमा वर्णन गरिएको छ।

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्