कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ महिला सम्पर्कविहीन

१४ महिला सम्पर्कविहीन

४ साउन, धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का १४ जना महिला च्याउ खोज्न जंगल गएको क्रममा सम्पर्कविहीन भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी टेकबहादुर रावतका अनुसार उनीहरू आइतबार बिहान करिब ११ बजे च्याउ टिप्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरेका थिए।

प्रहरीका अनुसार उनीहरू मालुमेला पोष्ट हुँदै निकुञ्ज क्षेत्रमा प्रवेश गरेका थिए। सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन्।

प्रहरीका अनुसार महिलाहरू ९ जना र ५ जनाको दुई समूह बनाएर च्याउ खोज्न गएका थिए। निर्धारित समयमा सम्पर्कमा नआएपछि उनीहरू सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको हो। हाल प्रहरी तथा सम्बन्धित निकायले सम्पर्कविहीन महिलाहरूको खोजी कार्य तीव्र रूपमा अघि बढाइरहेको जनाएको छ।


यो पनि पढ्नुहोस:धेरै सन्तान जन्माउने दम्पतीलाई प्रोत्साहन, ५ हजारदेखि २० हजारसम्म प्रदानकपनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु,  साउनमा ६ वाणिज्य बैंकले घटाए ब्याजदरकन्सल्टेन्सीमा सरकारको कडाइ, २५ लाख रुपैयाँ धरौटी व्यवसायी चरणबद्ध आन्दोलनमाकोशी अस्पतालको सरकारी जग्गामा डोजर,  गुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, ,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

Leave a Reply

Your email address will not be published. Required fields are marked *