रवि लामिछाने र ट्रम्पका दूत सर्जियो गोरबीच भेट, आर्थिक सहकार्यमा छलफल

रवि लामिछाने र ट्रम्पका दूत सर्जियो गोरबीच भेट

१९ वैशाख,काठमाडौं | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका का दक्षिण तथा मध्य एसिया मामिलाका विशेष दूत सर्जियो गोर र रवि लामिछाने बीच काठमाडौंमा भेटवार्ता भएको छ।शनिबार सम्पन्न उक्त भेटमा नेपाल–अमेरिका सम्बन्ध, विशेषगरी आर्थिक सहकार्यलाई कसरी अझ सुदृढ बनाउने भन्ने विषयमा छलफल भएको जनाइएको छ। गोरले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै नेपालमा नयाँ सरकारप्रति जनताले दिएको समर्थनलाई महत्वपूर्ण भन्दै सुधारका पहलहरू सकारात्मक देखिएको उल्लेख गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत सर्जियो गोर र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता। नेपाल–अमेरिका आर्थिक साझेदारी सुदृढ गर्ने विषयमा छलफल।

गोरले आफ्नो पोस्टमा नेपालको राजनीतिक परिवर्तनप्रति आशावादी प्रतिक्रिया दिँदै आगामी सहकार्यका सम्भावनाहरू बलियो देखिएको बताएका छन्।यसअघि काठमाडौं आएका गोरले स्वर्णिम वाग्ले र शिशिर खनालसँग सँग पनि छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन्।नेपाल भ्रमण सकेर गोर शनिबार राति New Delhi प्रस्थान गर्ने कार्यक्रम रहेको छ।


यो पनि पढ्नुहोस: धनुषाबाट १३७ किलो गाँजासहित दुई जना पक्राउ,  काठमाडौंमा पेस्तोल र १६ हजार ट्रामाडोलसहित ४ जना पक्राउ,  ई–बिडिङ ह्याक काण्ड: नेपाल टेलिकम सर्भर ह्याकमा समातिएका कर्मचारी फेरि पक्राउ,  मालपोत अधिकृत र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,  किन कुमारी बैंक र सिद्धार्थ बैंकले ताने सेयर लगानीकर्तालाई?,   पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

4 comments

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्