नेपाललाई भारतको जवाफ : लिपुलेक हुँदै मानसरोवर जाने बाटो पुरानो हो, नयाँ विषय होइन

२१ वैशाख, काठमाडौं । नेपाललाई भारतको जवाफ: लिपुलेक हुँदै कैलाश मानसरोवर जाने मार्ग कुनै नयाँ विषय नभएको स्पष्ट पारेको छ। भारत र चीनबीच उक्त मार्ग खुला गर्ने घोषणापछि नेपाल सरकारले कूटनीतिक नोट पठाएको थियो। त्यसको जवाफमा भारतले आफ्नो धारणा सार्वजनिक गरेको हो।

भारतको विदेश मन्त्रालय का प्रवक्ता रन्धिर जैसवाल ले लिपुलेक पास हुँदै जाने कैलाश मानसरोवर यात्रा सन् १९५४ देखि नै सञ्चालनमा रहेको बताएका छन्। उनका अनुसार यो ऐतिहासिक रूपमा प्रयोग हुँदै आएको पुरानो मार्ग हो, नयाँ व्यवस्था होइन।

नेपाललाई भारतको जवाफ | लिपुलेक हुँदै कैलाश मानसरोवर जाने मार्ग नयाँ नभएको भारतको दाबी। नेपालले पठाएको कूटनीतिक नोटको केही घण्टामै भारतको आधिकारिक प्रतिक्रिया।

भारतले नेपालका केही भू–भाग सम्बन्धी दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको दाबी गर्दै त्यस्ता एकतर्फी दाबी अस्वीकार्य रहेको पनि जनाएको छ। साथै, सीमा विवाद लगायत द्विपक्षीय विषयहरूमा संवाद र कूटनीतिक माध्यमबाट समाधान खोज्न भारत तयार रहेको उल्लेख गरिएको छ।

यसअघि नेपालको परराष्ट्र मन्त्रालय ले भारत र चीनलाई कूटनीतिक नोट पठाएर लिपुलेकमार्ग प्रयोगबारे ध्यानाकर्षण गराएको थियो। सो नोट पठाइएको केही घण्टामै भारतले आफ्नो आधिकारिक प्रतिक्रिया दिएको हो।

लिपुलेक क्षेत्र नेपाल–भारत–चीन त्रिदेशीय सीमासँग जोडिएको संवेदनशील भूभाग हो। यस विषयमा नेपालले आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डताको विषय उठाउँदै आएको छ भने भारतले उक्त मार्ग ऐतिहासिक रूपमा प्रयोग हुँदै आएको बताउँदै आएको छ। सीमा र कूटनीतिक विषय संवेदनशील भएकाले आगामी दिनमा यसबारे थप वार्ता र छलफल हुने अपेक्षा गरिएको छ।


यो पनि पढ्नुहोस: पहिरोले कान्ति लोकपथ र अरनिको राजमार्ग ठप्प | नेपालभर सडक अवरुद्धरवि लामिछाने र ट्रम्पका दूत सर्जियो गोरबीच भेट, आर्थिक सहकार्यमा छलफल,  धनुषाबाट १३७ किलो गाँजासहित दुई जना पक्राउ,  काठमाडौंमा पेस्तोल र १६ हजार ट्रामाडोलसहित ४ जना पक्राउ,  ई–बिडिङ ह्याक काण्ड: नेपाल टेलिकम सर्भर ह्याकमा समातिएका कर्मचारी फेरि पक्राउ,  मालपोत अधिकृत र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,  किन कुमारी बैंक र सिद्धार्थ बैंकले ताने सेयर लगानीकर्तालाई?,   पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्