२७ वैशाख , काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्र मन्त्री पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारी गर्ने प्रक्रिया अगाडि बढाइएको छ। प्रहरी स्रोतका अनुसार I इन्टरपोलले थप कागजात मागेपछि National Central Bureau Nepal (NCB) ले आवश्यक विवरण पठाइसकेको छ। “केही दिनअघि इमेलमार्फत थप कागजात मागिएको थियो, सोही अनुसार पठाएका छौं,” प्रहरी स्रोतले जनाएको छ।
यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा काठमाडौं जिल्ला अदालतले गत २४ चैतमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि उनीहरूलाई नेपाल फर्काउने प्रक्रिया सुरु गरिएको हो। हाल देउवा दम्पती विदेशमै रहेका छन्। चुनावअघि १४ फागुनमा उपचारको बहानामा सिंगापुर गएका उनीहरू पछि हङकङ पुगेको बताइएको छ। स्रोतका अनुसार उनीहरू अझै पनि हङकङमै छन्। रेड नोटिस जारी भएमा Interpol का १९६ सदस्य राष्ट्रहरूले उनीहरूलाई पक्राउ गर्न सक्नेछन्। त्यसपछि कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउन सकिने व्यवस्था छ।
शेरबहादुर देउवा र आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारी प्रक्रिया अगाडि बढ्यो। इन्टरपोलले थप कागजात मागेपछि NCB नेपालले विवरण पठायो।
इन्टरपोलमार्फत जारी हुने रेड नोटिस अन्तर्राष्ट्रिय स्तरमा फरार व्यक्तिको खोजी र पक्राउका लागि महत्वपूर्ण माध्यम हो। तर, आवश्यक कागजात र प्रमाण पूरा नभएसम्म यस्तो नोटिस जारी हुँदैन।
यो पनि पढ्नुहोस: मञ्जुश्री सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष पक्राउ, सुशीला कार्कीको आक्रोश– अब मलाई होइन, बालेनकी श्रीमतीलाई ‘आमा’ भन्नू, हर्मुजमा नयाँ नियम लागू गर्दै इरान, भेसल इन्फरमेसन डिक्लेरेसन’ फाराम भर्नुपर्ने, साफ महिला च्याम्पियनसिप जित्ने नेपालको लक्ष्य, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply