२७ वैशाख , मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूस युक्रेन युद्ध अब अन्त्यतिर पुगेको संकेत दिएका छन्। विजय दिवस समारोहपछि पत्रकारहरूसँग कुरा गर्दै उनले लामो समयदेखि जारी युद्ध अन्त्य हुने दिशामा अघि बढिरहेको बताएका हुन्। अन्तर्राष्ट्रिय समाचार संस्था Reuters का अनुसार पुटिनले भने, “यो विषय अब अन्त्यतिर पुगेको जस्तो लाग्छ।”
उनले युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इमानदारीपूर्वक प्रयास गरिरहेको पनि बताएका छन्। मे ९ देखि ११ सम्मको युद्धविराम र युद्धबन्दी साटासाट प्रस्तावलाई रूसले तुरुन्तै स्वीकार गरेको उनको भनाइ छ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूस युक्रेन युद्ध अन्त्यतिर पुगेको दाबी गरेका छन्। जेलेन्स्कीसँग अन्तिम शान्ति सम्झौताका लागि जहाँ पनि भेट्न तयार रहेको बताएका छन्।
पुटिनका अनुसार, रूसले मे ५ मै युक्रेनलाई ५०० युद्धबन्दी आदानप्रदानको प्रस्ताव पठाएको थियो, तर त्यसमा किभबाट कुनै प्रतिक्रिया नआएको दाबी गरिएको छ। साथै उनले युक्रेनले युद्धविरामबारे स्पष्ट प्रतिक्रिया नदिएको आरोप पनि लगाए।
तर, शनिबारदेखि सोमबारसम्म लागू गरिएको युद्धविराम अवधिमा कुनै ठूलो उल्लंघनको रिपोर्ट सार्वजनिक भएको छैन। यता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट्न आफू तयार रहेको पुटिनले बताएका छन्। तर उनले स्पष्ट सर्त पनि राखेका छन्— भेट केवल अन्तिम शान्ति सम्झौतामा हस्ताक्षर गर्नका लागि मात्र हुनुपर्ने।
“जेलेन्स्की जहाँ भन्छन्, त्यही देशमा भेट्न तयार छु,” पुटिनले भने, “तर त्यो अन्तिम सम्झौताका लागि हुनुपर्छ।” उनले भेटवार्ता मस्को वा कुनै तेस्रो देशमा पनि सम्भव रहेको बताएका छन्।
यो पनि पढ्नुहोस:देउवा दम्पतीविरुद्ध रेड नोटिस प्रक्रिया अगाडि बढ्यो, इन्टरपोललाई थप कागजात पठाइयो, मञ्जुश्री सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष पक्राउ, सुशीला कार्कीको आक्रोश– अब मलाई होइन, बालेनकी श्रीमतीलाई ‘आमा’ भन्नू, हर्मुजमा नयाँ नियम लागू गर्दै इरान, भेसल इन्फरमेसन डिक्लेरेसन’ फाराम भर्नुपर्ने, साफ महिला च्याम्पियनसिप जित्ने नेपालको लक्ष्य, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply