एसईई नतिजा आज सार्वजनिक: ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने

२८ वैशाख , काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा आज सार्वजनिक गर्ने भएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार साँझ ८ बजे पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरिनेछ।

तर विद्यार्थीहरूले भने राति ९ बजेपछि मात्र आफ्नो नतिजा हेर्न सक्नेछन्। बोर्डले आवश्यक प्रक्रिया पूरा गरिसकेको र बैठकमार्फत नतिजा प्रकाशन गर्ने निर्णय भइसकेको जनाएको छ। यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो। उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएकाले यसपटक नतिजा छिटो सार्वजनिक गरिएको हो।

कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका थिए।

  • नियमिततर्फ: ४,४१,५६६
  • ग्रेड वृद्धितर्फ: ७०,८५५
  • छात्रा: २,५७,६१३
  • छात्र: २,५४,८०१
  • अन्य: ७

📲 कसरी हेर्ने एसईई नतिजा?

🔹 SMS / IVR बाट

विद्यार्थीहरूले मोबाइलबाट पनि सजिलै नतिजा हेर्न सक्नेछन्:

  • Nepal Telecom: 1600 (SMS/USSD/IVR)
  • Janaki Technology: 35001 (SMS मात्र)
  • Ambition Guru: 31069 (SMS मात्र)

🌐 वेबसाइटबाट नतिजा हेर्ने तरिका

आधिकारिक सरकारी साइट: www.see.gov.np , www.neb.gov.np

नेपाल टेलिकम

कान्तिपुर पब्लिकेसन्स

इडियु सञ्जाल

खल्ती


यो पनि पढ्नुहोस:देउवा दम्पतीविरुद्ध रेड नोटिस प्रक्रिया अगाडि बढ्यो, इन्टरपोललाई थप कागजात पठाइयो,  मञ्जुश्री सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष पक्राउ,   सुशीला कार्कीको आक्रोश– अब मलाई होइन, बालेनकी श्रीमतीलाई ‘आमा’ भन्नूहर्मुजमा नयाँ नियम लागू गर्दै इरान, भेसल इन्फरमेसन डिक्लेरेसन’ फाराम भर्नुपर्ने,  साफ महिला च्याम्पियनसिप जित्ने नेपालको लक्ष्य,   पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्