१७ जेठ , चितवन । पूर्वी नवलपरासी (नवलपुर) को गैंडाकोट नगरपालिका–१५ चिन्तामणी टोलमा घरायसी विवादका क्रममा एक बाबुले आफ्नै छोराको हत्या गरेका छन्।प्रहरीका अनुसार ६३ वर्षीय डम्मर गिरीले गएराति करिब १० बजे ४३ वर्षीय छोरा शंकर गिरीमाथि धारिलो हतियार खुर्पा प्रहार गरेका थिए। पारिवारिक विवादका क्रममा भएको आक्रमणबाट शंकर गिरीको टाउकोमा गम्भीर चोट लागेको थियो।
गम्भीर घाइते भएका शंकरलाई तत्काल भरतपुरस्थित College of Medical Sciences Teaching Hospital लगिएको थियो। उपचारकै क्रममा राति १०:४५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलबाट प्रयोग गरिएको खुर्पा बरामद गरिएको छ भने हत्यामा संलग्न डम्मर गिरीलाई नियन्त्रणमा लिइएको छ। प्रहरीले आरोपीलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
यो पनि पढ्नुहोस: अमेरिका, बेलायत र अस्ट्रेलियाले समुद्रमुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने, आज यी प्रदेशमा वर्षाको सम्भावना, तराई र पहाडी क्षेत्रमा हावाहुरीको चेतावनी, बैंकमा निष्क्रिय रहेको कोषको रकम सरकारले चलाउने, हकवालाले दाबी गरे फिर्ता हुने, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply