कति बढ्दैछ पदाधिकारीहरूको तलब ?

१८ जेठ , काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत निजामती कर्मचारीहरूको आधारभूत तलब १० प्रतिशतले बढाउने घोषणा गरेपछि राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य विशिष्ट पदाधिकारीहरूको पारिश्रमिक कति बढ्छ भन्ने विषयमा चासो बढेको छ। साथै, हाल प्रदान हुँदै आएको पाँच हजार रुपैयाँ महँगी भत्ता पनि यथावत् रहनेछ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, शिक्षक तथा सार्वजनिक संस्थानका कर्मचारीहरूको तलब पनि निजामती कर्मचारीकै अनुपातमा समायोजन हुने अपेक्षा गरिएको छ। तर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत संवैधानिक पदाधिकारीहरूको सुविधा भने छुट्टै कानुनी व्यवस्थाअन्तर्गत निर्धारण हुने भएकाले तत्काल स्पष्ट भएको छैन।

अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालका अनुसार विशिष्ट पदाधिकारीहरूको सुविधाबारे केही दिनभित्र मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरिनेछ। मन्त्रिपरिषद्को निर्णयपछि राजपत्रमा सूचना प्रकाशित गरी नयाँ व्यवस्था लागू गरिनेछ।विगतमा निजामती कर्मचारीको तलब बढेपछि सोही अनुपातमा संवैधानिक पदाधिकारीहरूको तलब वृद्धि गर्ने अभ्यास रहँदै आएको थियो। तर यसपटक त्यस सम्बन्धी प्रक्रिया औपचारिक रूपमा सुरु नभएकाले अन्तिम निर्णय आउन बाँकी रहेको बताइएको छ।

राष्ट्रपति र उपराष्ट्रपतिले पारिश्रमिकबाहेक सरकारी आवास, सवारीसाधन, इन्धन, उपचार, अतिथि सत्कार तथा निजी सचिवालयको सुविधा पाउँछन्। त्यस्तै प्रधानमन्त्री र मन्त्रीहरूले पनि आवास, सवारी, इन्धन, पोसाक भत्ता तथा अन्य प्रशासनिक सुविधा प्राप्त गर्छन्।

संघीय संसद्का पदाधिकारी तथा सांसदहरूले बैठक भत्ता, सञ्चार, बिजुली तथा अन्य सेवा सुविधा पाउने व्यवस्था छ। यस्तै, न्यायपालिका अन्तर्गतका न्यायाधीशहरूले पनि पारिश्रमिकसँगै विभिन्न भत्ता तथा आवाससम्बन्धी सुविधा प्राप्त गर्दै आएका छन्।

स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यहरूले भने नियमित तलब नपाए पनि विभिन्न प्रकारका सेवा सुविधा र भत्ता प्राप्त गर्छन्। कर्मचारीहरूको तलब समायोजनसँगै यस्ता सुविधाहरू पनि पुनरावलोकन हुने सम्भावना रहेको छ।सरकारले सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको तलब वृद्धि गरेसँगै अब विशिष्ट पदाधिकारीहरूको पारिश्रमिक र सुविधाबारे हुने मन्त्रिपरिषद्को निर्णयलाई विशेष चासोका साथ हेरिएको छ।

संवैधानिक पदाधिकारीहरूको सम्भावित तलब:


यो पनि पढ्नुहोस: गैंडाकोटमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या,  अमेरिका, बेलायत र अस्ट्रेलियाले समुद्रमुनि चल्ने ड्रोन प्रविधि विकास गर्नेआज यी प्रदेशमा वर्षाको सम्भावना, तराई र पहाडी क्षेत्रमा हावाहुरीको चेतावनीबैंकमा निष्क्रिय रहेको कोषको रकम सरकारले चलाउने, हकवालाले दाबी गरे फिर्ता हुनेविश्वकप खेल्ने इरानको टोलीलाई अझै अमेरिकाले दिएन भिसा | २०२६ FIFA World Cup,  आर्थिक वर्ष २०८३/८४ को बजेट संसद्‌मा सार्वजनिक हुँदैमुग्लिन–पोखराको सडक खण्ड आगामी असारसम्म पूरा नहुनेआज बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा,  कसरी चल्दैछ विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय ?पाल्पा मिसन अस्पतालकी डाक्टर हुँ भन्दै फेसबुकबाट नग्न तस्बिर माग्ने पक्राउपछिल्लो इजरायली आक्रमणमा कम्तीमा ३१ लेबनानीको मृत्यु,    पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्