नागढुंगा–मुग्लिन सडक विस्तारमा पुनः ढिलाइ, दोस्रो म्याद सकिन लाग्दा पनि काम अधुरै

८ असार, काठमाडौं । संघीय राजधानी काठमाडौं प्रवेश तथा बाहिरिने मुख्य मार्गका रूपमा रहेको नागढुंगा–मुग्लिन सडक विस्तार आयोजनाको काम पुनः निर्धारित समयभित्र सम्पन्न नहुने भएको छ। पटक–पटक म्याद थप गरिए पनि निर्माण प्रगति अपेक्षाअनुसार हुन नसकेको हो। विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको करिब ९५ किलोमिटर सडकखण्डमा हालसम्म विभिन्न प्याकेजमा फरक–फरक प्रगति देखिएको छ। पूर्वी खण्डअन्तर्गत नागढुंगा–नौबिसे सडकमा करिब ८८ प्रतिशत र नौबिसे–मलेखु खण्डमा ५९ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ।

आयोजनाका अनुसार विद्युत् पोल स्थानान्तरणमा ढिलाइ, बिटुमिन अभाव तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले निर्माण कार्य प्रभावित बनेको छ। पूर्वी खण्डमा अझै करिब ७५ वटा पोल सार्न बाँकी रहेको बताइएको छ। पश्चिम खण्ड मलेखु–मुग्लिन सडकमा भने हालसम्म ४३ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। यस क्षेत्रमा कालोपत्रेको प्रारम्भिक काम सुरु भए पनि पर्याप्त बिटुमिन उपलब्ध नहुँदा कामले अपेक्षित गति लिन सकेको छैन। साथै, १०७ वटा विद्युत् पोल अझै स्थानान्तरण गर्न बाँकी रहेको आयोजनाले जनाएको छ।

निर्माण व्यवसायीले थप समय माग गर्दै प्रक्रिया अघि बढाइसकेको र परामर्शदाताको सिफारिसपछि पुनः म्याद थपबारे निर्णय हुने जनाइएको छ। लामो समयदेखि सडक विस्तारका कारण यात्रुले धुलो, जाम तथा जोखिमपूर्ण यात्रा व्यहोर्नुपरेको छ। आयोजनाको ढिलाइले सर्वसाधारण मात्र नभई देशको आर्थिक गतिविधिमा समेत असर परेको भन्दै चासो व्यक्त हुँदै आएको छ।


यो पनि पढ्नुहोस:हास्य कलाकार खेम शर्माको निधन,  बाढी र पहिरोको प्रभाव : देशका विभिन्न राजमार्गमा यातायात प्रभावितपासपोर्ट ठेक्का प्रकरण : आरजु राणा पनि अख्तियार अनुसन्धानमाकर्णाली सरकारले जेठमा मात्रै गर्‍यो २ अर्ब ४० करोड बजेट खर्च,  काभ्रे बस दुर्घटना : मृतकको सम्झनामा रोशी गाउँपालिकाले शुक्रबार शोक बिदा दिने,  इरानमा लगानी बढाउन ३०० अर्ब डलरको कोष प्रस्ताव,  केन्द्रले कर्णालीमा अनुदान बढायो, प्रमुख चुनौती कार्यान्वयनअमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउफ्लाई दुबईलाई पोखरा–दुबई सिधा उडान अनुमति, पर्यटन व्यवसायी उत्साहित,   भारतीय विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री शिशिर खनालले भने– नेपाल सरकारसँग कुनै पुरानो बोझ छैन,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्