काठमाडौंको माकालबारीमा युवतीले युवतीले आगो लगाएर गरिन् आत्मदाह प्रयास, कीर्तिपुरमा उपचार हुँदै

आत्मदाह

५ साउन, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकालबारीमा एक युवतीले आगो लगाएर आत्मदाह प्रयास गरेकी छन्। प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भई हाल माकालबारीमा बस्दै आएकी २७ वर्षीया सालु गुरुङले सोमबार राति उक्त प्रयास गरेकी हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार घटना युवतीको आफ्नै खाजा पसलको पछाडिको पार्किङ क्षेत्रमा भएको थियो। घटनापछि उनका श्रीमान्ले उनलाई फेला पारी तत्काल उपचारका लागि शुस्मा कोइराला मेमोरियल अस्पताल, साँखु पुर्‍याएका थिए।

प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार युवतीको शरीरका केही भागमा जलेको छ र उनी उपचाररत छन्। घटनाको कारणबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।


यो पनि पढ्नुहोसकञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ महिला सम्पर्कविहीन, , धेरै सन्तान जन्माउने दम्पतीलाई प्रोत्साहन, ५ हजारदेखि २० हजारसम्म प्रदानकपनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु,  साउनमा ६ वाणिज्य बैंकले घटाए ब्याजदरकन्सल्टेन्सीमा सरकारको कडाइ, २५ लाख रुपैयाँ धरौटी व्यवसायी चरणबद्ध आन्दोलनमाकोशी अस्पतालको सरकारी जग्गामा डोजर,  गुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, ,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

Leave a Reply

Your email address will not be published. Required fields are marked *