बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् घोषणा, पाँच महिला मन्त्री समावेश

१३ चैत | काठमाडौं । बालेन्द्र शाह (बालेन) को नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता रहेका शाहको क्याबिनेटमा पाँच जना महिला मन्त्री समेत समावेश भएका छन्। image-source :onlinekhawar.com

नवनियुक्त प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूले आजै शपथ ग्रहण गरिसकेका छन्। प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी पनि आफैंसँग राखेका छन्।

मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्ले ले अर्थ मन्त्रालय सम्हालेका छन्। सोविता गौतम कानुन मन्त्री बनेकी छन् भने शिशिर खनाल ले परराष्ट्र मन्त्रालयको नेतृत्व लिएका छन्।

गृह मन्त्रालयको जिम्मेवारी सुधन गुरुङ लाई दिइएको छ भने ऊर्जा मन्त्रालय विराजभक्त श्रेष्ठ को जिम्मामा परेको छ।

त्यसैगरी, सामान्य प्रशासन मन्त्रालय प्रतिभा रावल, सञ्चार मन्त्रालय विक्रम तिमिल्सिना र श्रम मन्त्रालय दीपक साह ले सम्हालेका छन्।

शिक्षा मन्त्रालयको जिम्मेवारी सस्मित पोखरेल लाई दिइएको छ भने पर्यटन मन्त्रालय खड्कराज पौडेल (गणेश) ले सम्हालेका छन्।

कृषि, पशुपन्छी तथा वन–वातावरण मन्त्रालय गीता चौधरी लाई दिइएको छ। सीता वादी महिला, बालबालिका मन्त्री बनेकी छन् भने निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारीमा छन्।

नयाँ मन्त्रिपरिषद् गठनसँगै सरकार अब औपचारिक रूपमा काममा जुट्ने तयारीमा रहेको छ।


यो पनि पढ्नुहोस्