१ भदौ, काठमाडौं ।
घाटामा रहेर विगत केही समयदेखि ठप्प बनेको सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड पुनः सञ्चालनका लागि सरकारले तीव्र तयारी अघि बढाएको छ। बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारको मन्त्रिपरिषद् बैठकले रोकिएको चुनढुंगा खनिज उत्खनन अनुमतिपत्र (माइनिङ लाइसेन्स) नवीकरण गर्ने निर्णय गरेसँगै उद्योग पुनः चलाउने बाटो खुलेको हो।
मन्त्रिपरिषद्को निर्णयअनुसार उदयपुर सिमेन्ट उद्योगले खानी तथा भूगर्भ विभागलाई बुझाउन बाँकी रहेको ७४ लाख ९७ हजार ३ सय ३१ रुपैयाँ ९५ पैसा बक्यौता रकम अर्थ मन्त्रालयमार्फत उपलब्ध गराइने भएको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार सो बक्यौता रकम भूगर्भ विभागको खातामा जम्मा भइसकेको छ। सरकारी निकायहरूबीचको यो समन्वयसँगै लामो समयदेखि थप्प रहेको खानी उत्खनन कार्य पुनः सुरु हुनेछ।
यसअघि २०८१ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा उदयपुर सिमेन्ट उद्योगको चुनढुंगा उत्खनन अनुमतिपत्र रद्द गरिएको थियो। नवीकरण नहुँदा र खानी उत्खनन रोकिएपछि उद्योग पूर्ण रूपमा प्रभावित भएको थियो। तर, २०८३ असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले खानी नवीकरण गर्ने र बक्यौता फछ्र्यौट गर्ने निर्णय गरेपछि उद्योगको भविष्य सुनिश्चित हुने अपेक्षा गरिएको छ।
लाइसेन्स नवीकरण र वित्तीय बक्यौता चुक्ता भएसँगै अब सरकारले उद्योगका लागि नयाँ महाप्रबन्धक (जीएम) नियुक्त गर्ने तयारी गरेको छ। खुला प्रतिस्पर्धामार्फत दक्ष नेतृत्व चयन गरी उद्योगलाई व्यावसायिक र नाफामूलक ढंगले सञ्चालन गर्ने रणनीति बनाइएको छ। देशकै ठूलो र गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने क्षमता भएको यो सरकारी कारखाना पुनर्जीवित हुँदा स्वदेशी उत्पादनलाई प्रोत्साहन पुग्ने र स्थानीयस्तरमा रोजगारी सिर्जना हुने विश्वास लिइएको छ।
यो पनि पढ्नुहोस: रास्वपाका सांसदलाई नयाँ नियम: संसद् बैठकमा अनुपस्थित भए अनिवार्य फारम भर्नुपर्ने, एनपीएल ३: सुदूरपश्चिम रोयल्सबाटै लगातार तेस्रो सिजन खेल्ने भए स्कट कुगेलेइन, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँद्वारा पदबाट राजीनामा, तोकिएको भन्दा बढी विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका दुई कर्मचारी विमानस्थलबाट पक्राउ, सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्री लाई सभामुखको रुलिङ, प्रतिनिधिसभा बैठक आज बस्दै: खानी, राहदानी र बालबालिकासम्बन्धी चार विधेयकमाथि छलफल हुने, बिहारको अशोकधाम मन्दिरमा भागदौड : ७ जनाको मृत्यु, कैयौँ घाइते, सरकारद्वारा माग सुनुवाइ नभएको भन्दै आजदेखि देशभरका म्यानपावर कम्पनी पूर्ण रूपमा बन्द
पर्यटन प्रबन्धनको लागि tarevir.com,
नागरिक जिम्मेवारीको लागि jimmewari.com,
दक्ष सेवाहरूको लागिskillssewa.com
को सुरुवात गरिएको छ, जसले सेवाको सहज व्यापार र सचेतनाका लागि मञ्च प्रदान गर्नेछन्।





















Leave a Reply