१४ चैत | काठमाडौं — पूर्वगृहमन्त्री Ramesh Lekhak लाई प्रहरीले पक्राउ गरी काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखेको छ।
प्रहरीले उनलाई भक्तपुरको कटुन्जेमा रहेको निजी निवासबाट नियन्त्रणमा लिएर भद्रकाली पुर्याएको हो। नयाँ सरकार गठनपछि बसेको मन्त्रिपरिषद् बैठकले Gauri Bahadur Karki नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै सोही आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ।
उक्त निर्णयअन्तर्गत पूर्वप्रधानमन्त्री KP Sharma Oli र लेखकविरुद्ध पनि कारबाही अघि बढाइएको छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन दमनको घटनाबारे छानबिन गर्न गठित आयोगले अध्ययनपछि आफ्नो प्रतिवेदन Sushila Karki नेतृत्वको अन्तरिम सरकारलाई बुझाएको थियो।

