ओली र लेखकलाई महाराजगन्जस्थित २ नम्बर गणमा राख्ने तयारी

१४ चैत | काठमाडौँ । पूर्वप्रधानमन्त्री KP Sharma Oli र पूर्वगृहमन्त्री Ramesh Lekhak लाई महाराजगन्जस्थित सशस्त्र प्रहरीको २ नम्बर गणमा राख्ने तयारी गरिएको प्रहरीले जनाएको छ।

काठमाडौँ प्रहरी परिसरका एक अधिकारीका अनुसार दुवै नेतालाई स्वास्थ्य परीक्षण सम्पन्न गरेपछि उक्त गणमा लैजाने तयारी भइरहेको छ।

शनिबार बिहान भक्तपुरबाट पक्राउ परेका ओली र लेखकलाई प्रारम्भिक प्रक्रियापछि काठमाडौँ प्रहरी परिसर ल्याइएको थियो। त्यसपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्‍याइएको र अब परीक्षण सकिएलगत्तै महाराजगन्जस्थित गणमा राख्ने योजना रहेको प्रहरीले जनाएको छ।


यो पनि पढ्नुहोस्