बलात्कार आरोपमा एमाले नेता कर्णबहादुर मल्ल पक्राउ

१४ चैत | काठमाडौं । नेकपा एमालेका नेता कर्णबहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीका अनुसार, मल्ललाई बलात्कार सम्बन्धी आरोपमा शनिबार सातदोबाटो क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

मुगु घर भएका तथा एमालेका प्रदेश सदस्य मल्लविरुद्ध एक युवतीले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन्। पीडितका अनुसार, बालकुमारीस्थित एक होटलमा मल्लले आफूमाथि जबरजस्ती गरेको आरोप लगाइएको छ।

प्रहरीका अनुसार, प्रारम्भमा पीडितले भ्रूण हत्या सम्बन्धी उजुरी दिएकी थिइन्, तर पछि बलात्कारको आरोपसहित पुनः जाहेरी दर्ता गराएकी हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो पनि पढ्नुहोस्