कञ्चनपुरमा देउसीभैलो राति १० बजेसम्म मात्र खेल्न पाइने, प्रशासनको विशेष अपिल

रसुवा बाढी प्रभावितका लागि २६ स्थानमा अस्थायी आश्रयस्थल र राहत केन्द्र सञ्चालन

कञ्चनपुरमा देउसीभैलो तथा अन्य सांस्कृतिक कार्यक्रमहरू बिहान ७ बजेदेखि राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ। आगामी चाडपर्वहरूलाई अनुशासित, मर्यादित र सामाजिक सद्‌भावका साथ मनाउन आह्वान गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सर्वसाधारणमा यो आग्रह गरेको हो। प्रशासनले शान्ति सुरक्षा कायम राख्ने र सर्वसाधारणको दैनिकीलाई सहज बनाउने उद्देश्यका साथ समयसीमा निर्धारण गरी सार्वजनिक सूचना जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द जोशीद्वारा जारी सूचना अनुसार पर्वका अवसरमा आयोजना गरिने नाचगान, देउसीभैलो र अन्य जमघटहरू तोकिएको समयभित्रै सम्पन्न गर्नुपर्नेछ। रातिको समयमा हुन सक्ने अवान्छित गतिविधि, होहल्ला र अशन्ति रोक्नका लागि यस्तो निर्णय गरिएको प्रशासनले स्पष्ट पारेको छ।

प्रशासनद्वारा जारी सूचनामा पर्व मनाउने नाममा कानुनविपरीतका गतिविधि नगर्न कडा चेतावनी दिइएको छ। विशेष गरी जुवातास खेल्ने, मादक पदार्थ सेवन गरी अशान्ति फैलाउने, पटाका वा प्रज्वलनशील पदार्थको प्रयोग गर्ने तथा ध्वनि प्रदूषण हुने गरी ठूलो आवाजमा बाजा बजाउने कार्यलाई पूर्ण रूपमा निषेध गरिएको छ। कानुनको उल्लंघन गर्ने जोकोहीलाई नियन्त्रणमा लिई कडा कानुनी कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ।

चाडपर्वको समयमा जिल्लाभित्र सुरक्षा व्यवस्था चुस्त र सुदृढ बनाउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीहरूलाई विशेष रूपमा परिचालन गरिने भएको छ। चोेरी, डकैती, तथा अन्य आपराधिक क्रियाकलाप नियन्त्रण गर्न संवेदनशील क्षेत्रहरूमा मोबाइल गस्ती र सुरक्षा जाँचलाई तीव्र बनाउने तयारी गरिएको सुरक्षा निकायले जनाएको छ।

तिहार तथा छठजस्ता ठूला पर्वहरूमा कञ्चनपुरका विभिन्न स्थानमा देउसीभैलो र सांस्कृतिक झाँकीहरूको व्यापक आयोजना हुने गर्दछ। प्रशासनको यो कदमले पर्वलाई मर्यादित, शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय तह, नागरिक समाज र स्थानीय बासिन्दाहरूले पनि प्रशासनको यस निर्णयलाई सकारात्मक रूपमा लिएका छन्। चाडपर्वको मौलिक परम्परा र सांस्कृतिक महत्त्वलाई जोगाउँदै सामाजिक सद्भाव कायम राख्नु सबै नागरिकको दायित्व भएकाले प्रशासनले जारी गरेको निर्देशनको पूर्ण पालना गर्न अपिल गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सम्पूर्ण जिल्लावासीलाई आपसमा भाइचारा, खुसी र सद्भाव साटासाट गर्दै सभ्य र अनुशासित रूपमा चाडपर्व मनाउन हार्दिक शुभकामना व्यक्त गरेको छ।

थप उपयोगी लिङ्कहरू

यो सामग्री WpNewblog द्वारा तयार — www.rameshpoudel.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्