१७ चैत, संखुवासभा । संखुवासभाको चैनपुर क्षेत्रमा एक किशोरीमाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार चैनपुर नगरपालिका–७ का १९ वर्षीय युवकलाई १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो। प्रहरी निरीक्षक धनबहादुर राजवन्धीका अनुसार पीडित पक्षको उजुरीपछि इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको टोलीले आइतबार ती युवकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले पक्राउ परेका बलात्कार आरोपमा आरोपीलाई मंगलबार सार्वजनिक गरेको जनाएको छ। हाल उनीमाथि थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ। स्थानीय स्रोतका अनुसार घटनासँग सम्बन्धित मुद्दा फिर्ता लिन पीडित परिवारलाई दबाब दिने प्रयास भएको भन्ने पनि जानकारी आएको छ। यद्यपि, प्रहरीले यस विषयमा समेत आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

