बुवाको आत्मदाह प्रयास रोक्न खोज्दा छोरी पनि जलिन्, दुवैको अवस्था गम्भीर

१५ वैशाख, प्यूठान । प्यूठानमा घरायसी विवादका क्रममा आत्मदाह प्रयास हुँदा बुवा र छोरी दुवै गम्भीर घाइते भएका छन्। प्यूठान नगरपालिका–९ पारपाखाका ४५ वर्षीय सानू नेपाली र उनकी १८ वर्षीया छोरी अञ्जली नेपाली घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घरायसी झगडाका क्रममा बुवाले आत्मदाह प्रयास गरेका थिए। सोही बेला छोरीले रोक्ने प्रयास गर्दा दुवै जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार घटनामा दुवै जनाको अवस्था गम्भीर रहेको छ। घाइते दुवै जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि मिसन अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।


यो पनि पढ्नुहोस: आज र भोलि मध्यमदेखि भारी वर्षाको सम्भावना,   विश्वकप लिग-२ मा शानदार सुरुवात,  लागुऔषधसहित देशका विभिन्न स्थानबाट पाँच जना पक्राउ,  रंगशालामा स्क्रिनिङपछि ५ स्थानमा राखिने सुकुम्बासी,  सशस्त्र प्रहरी बलका ७ एसपी एसएसपी बढुवाका लागि सिफारिसमिरमिरेमै बसाइँ सर्दै सुकुमवासी बासिन्दा | काठमाडौंमा आफैं बस्ती खाली गर्दै सुकुमवासी बस्ती,   पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्