१२ वैशाख, काठमाडौं । ICC World Cup League 2 अन्तर्गत त्रिपक्षीय सिरिजमा युएईविरूद्ध नेपाल ३७ रनले विजयी, नेपालले आफ्नो विजयी यात्रा सुरू गरेको छ। त्रिवि क्रिकेट मैदान मा शनिबारदेखि सुरू भएको नेपाल, युएई र ओमानबीचको सिरिजको पहिलो खेलमा नेपालले युएईलाई ३७ रनले पराजित गरेको हो। २०१ रनको लक्ष्य पछ्याएको युएईलाई नेपालले ४८.२ ओभरमा अल आउट गर्दै १६३ रनमा समेट्यो।
नेपालको जितमा करण केसी ले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। उनले ९.२ ओभरमा मात्र १९ रन खर्चिए। सोमपाल कामी र सन्दीप लामिछाने ले २/२ विकेट लिँदा दीपेन्द्र सिंह ऐरी र ललित राजवंशी ले एक-एक विकेट लिए।युएईका लागि हरप्रित सिंह ले ३९ रन बनाए भने कप्तान मोहम्मद वासीम ले ३४ रन जोडे। अक्सदीप नाथले ३० रन बनाउँदा अन्य ब्याटरहरू नेपाली बलरसामू टिक्न सकेनन्।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अल आउट हुँदै २०० रन बनाएको थियो। नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरी ले ७५ रनको उत्कृष्ट इनिङ खेले। कुशल भुर्तेल ले २४ रन बनाउँदा करण केसीले २२ रन जोडे। बसिर अहमदले २० तथा आरिफ शेख र सोमपाल कामीले १५/१५ रन बनाए।बलिङतर्फ युएईका जुनेद सिद्धिकी र अजय कुमारले ३/३ विकेट लिए।
नेपालले अब आफ्नो दोस्रो खेल ओमानसँग बुधबार खेल्नेछ। त्यसपछि Scotland र United States विरुद्धको महत्त्वपूर्ण सिरिज खेल्ने तालिका छ।विश्वकप २०२७ छनोटको दृष्टिले यो सिरिज नेपालका लागि निकै निर्णायक मानिएको छ।
यो पनि पढ्नुहोस: लागुऔषधसहित देशका विभिन्न स्थानबाट पाँच जना पक्राउ, रंगशालामा स्क्रिनिङपछि ५ स्थानमा राखिने सुकुम्बासी, सशस्त्र प्रहरी बलका ७ एसपी एसएसपी बढुवाका लागि सिफारिस, मिरमिरेमै बसाइँ सर्दै सुकुमवासी बासिन्दा | काठमाडौंमा आफैं बस्ती खाली गर्दै सुकुमवासी बस्ती, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply