१२ वैशाख, काठमाडौं — काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने सरकारी तयारीसँगै बासिन्दाहरू आफैं बस्ती खाली गर्न थालेका छन्।सरकारले दिएको अल्टिमेटमपछि शनिबार र आइतबार दुई दिनभित्र बस्ती हटाउने योजना बनाइएको छ। त्यसको प्रभावस्वरूप शुक्रबार साँझदेखि नै सुकुमवासीहरूले आफ्ना टहरा खाली गर्न थालेका हुन्।मिरमिरेमै उनीहरूले आफ्ना सामानहरू निकालेर अन्यत्र सर्ने क्रम जारी छ। उपत्यकाका विभिन्न स्थानमा रहेका बस्तीहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ।
यस निर्णयप्रति केही स्थानमा विरोधसमेत भएको छ। बस्ती हटाउने प्रक्रिया जबर्जस्ती भएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्।यता Balen Shah ले भने सुकुमवासीहरूको व्यवस्थापन विकल्पसहित गर्ने प्रयास भइरहेको बताएका छन्।तर बस्ती छोड्दै गरेका सुकुमवासीहरूले आफूहरूसँग बस्नको लागि वैकल्पिक स्थान नभएको गुनासो गरेका छन्।सरकारको कदमसँगै उपत्यकामा सुकुमवासी बस्ती व्यवस्थापनको विषय फेरि चर्चामा आएको छ।
मिरमिरेमै बसाइँ सर्दै सुकुमवासी बासिन्दा | काठमाडौंमा आफैं बस्ती खाली गर्दै सुकुमवासी बस्ती

यो पनि पढ्नुहोस: सरकारले सार्वजनिक गर्यो निजामती विधेयक मस्यौदा (पूर्णपाठ), डढेलो नियन्त्रण ड्रोन प्रविधि कहिलेदेखि लागू हुन्छ ? १८ बुँदे प्रतिबद्धतामा यी विषय समेटिएका, २५ जना सह-सचिव प्रदेशका मन्त्रालयमा सरुवा, मन्त्रिपरिषद्को निर्णय, आज २०औं लोकतन्त्र दिवस | पूर्वराजा ज्ञानेन्द्र शाह को पोखरा भ्रमण, राजनीतिक भेटघाटमा सक्रिय, व्यवसायी शेखर गोल्छा पक्राउ, धितोपत्र कारोबारमा दीपक भट्टसँग कनेक्सन, व्यवसायीले सोमबारदेखि पूर्ण तौल १४.२ किलो ग्यास सिलिन्डर बेच्ने घोषणा, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply