नेपालले इटालीलाई हरायो, महिला च्यालेन्ज ट्रफीमा पहिलो जित

६ वैशाख, काठमाडौं। आईसीसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफी अन्तर्गत नेपालले शानदार प्रदर्शन गर्दै नेपालले इटालीलाई हरायो।रवाण्डामा जारी प्रतियोगितामा नेपालले इटालीविरुद्ध ५० रनको जित निकाल्दै पहिलो विजय दर्ता गरेको हो।नेपाल महिला क्रिकेट टोलीले दिएको ११३ रनको लक्ष्य पछ्याएको इटाली महिला क्रिकेट टोली १८.४ ओभरमा सबै विकेट गुमाउँदै ६२ रनमै सीमित भयो।इटालीका लागि चथुरिका महामालागेले २२ रन र पासिन्दी कनन्केगेले १२ रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपालले इटालीलाई हरायो, महिला च्यालेन्ज ट्रफीमा पहिलो जित

नेपालको बलिङतर्फ रुबिना क्षेत्रीले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिइन्। त्यस्तै कविता कुँवरले २ विकेट लिइन् भने मनिषा उपाध्याय, रिया शर्मा र रचना चौधरीले समान १–१ विकेट लिए।यसअघि पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ११२ रन बनाएको थियो। नेपालका लागि उपकप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाइन्। उनले ४५ बलमा २ चौका र १ छक्का प्रहार गरिन्।

सम्झना खड्का (१६), बिन्दु रावल (१५) र कप्तान इन्दु बर्माले १० रनको योगदान दिइन्।इटालीका लागि एमिलिया बाट्र्रामले ३ विकेट लिइन्।यसअघि पहिलो खेलमा नेपाल संयुक्त राज्य अमेरिकासँग ४४ रनले पराजित भएको थियो भने इटालीले घरेलु टोली रुवाण्डालाई हराएको थियो।


यो पनि पढ्नुहोस:अमेरिकाद्वारा हर्मुज नजिकै इरानी पानीजहाज कब्जा, सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिने तयारी, ऐन संशोधन आवश्यककपिलवस्तुमा पेस्तोलसहित युवक पक्राउ, अनुसन्धान सुरु,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्