ओली पक्राउको विरोधमा एमाले प्रदर्शन उग्र, एक घाइते, चार जना पक्राउ

काठमाडौं । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा नेकपा एमालेले देशभर प्रदर्शन गरेको छ।

राजधानी काठमाडौंमा शनिबार भएको प्रदर्शनका क्रममा झडपको स्थिति सिर्जना हुँदा एक प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीको लाठी लागेर युवराज ओलीको टाउकोमा चोट लागेको हो। उनी हाल अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत छन् र टाउकोमा पाँच टाँका लगाइएको जानकारी दिइएको छ।

एमालेका २३ वटा जनसंगठनले माइतीघर क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा सरकारविरुद्ध नाराबाजी गरिएको थियो भने केही स्थानमा टायर बाल्ने र निजी सवारीसाधनमा तोडफोड गर्ने घटना पनि भएको प्रहरीले जनाएको छ।

प्रदर्शन उग्र बन्दै जाँदा केही समूह सिंहदरबारको दक्षिण गेटतर्फ अघि बढेका थिए, जहाँ ढुंगामुढा समेत भएको बताइएको छ। त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो।

यस घटनामा राजु तिवारी, विमल धमला, जगराज शाहीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

एमालेका नेताहरूले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै पक्राउ परेका पूर्वप्रधानमन्त्रीलाई तत्काल रिहा गर्न माग गरेका छन्। साथै, सरकारले समयमै संयमता अपनाउनुपर्ने चेतावनी पनि दिएका छन्। image source online khawar


यो पनि पढ्नुहोस्