ओली पक्राउपछि  गृहमन्त्री गुरुङको भनाइ :  प्रतिशोध होइन, न्यायको सुरुवात

१४ चैत, काठमाडौं । गृहमन्त्री Sudhan Gurung ले देशमा कानुनभन्दा माथि कोही पनि नहुने स्पष्ट पारेका छन्।

पूर्वप्रधानमन्त्री KP Sharma Oli र पूर्वगृहमन्त्री Ramesh Lekhak पक्राउ परेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले उक्त कदम प्रतिशोध नभई न्यायको प्रक्रिया सुरु भएको बताएका हुन्।

उनले लेखेका छन्, “PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौं। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।”

गुरुङले अब देशले नयाँ दिशा लिने दाबी गर्दै कानुनी शासनलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने संकेत पनि दिएका छन्।


यो पनि पढ्नुहोस्