ओली–लेखक पक्राउपछि हर्क साम्पाङको प्रतिक्रिया : सरकार प्रतिशोधको राजनीतिमा लाग्यो

१४ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य Harka Sampang ले पूर्वप्रधानमन्त्री KP Sharma Oli र पूर्वगृहमन्त्री Ramesh Lekhak पक्राउपछि सरकारमाथि प्रतिशोधको राजनीति गरेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले देशमा अहिले प्रगतिभन्दा बदला लिने प्रवृत्ति हाबी भएको टिप्पणी गरेका हुन्। जेनजी आन्दोलनको छानबिनका लागि Gauri Bahadur Karki नेतृत्वमा बनेको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा ओली र लेखक पक्राउ परेका हुन्।

साम्पाङले आफ्नो अभिव्यक्तिमा लेखेका छन्, “मेरो कुरा ढिलो गरी बुझ्छन् ! मैले ओखलढुंगाको कार्यक्रममा भनेको थिएँ, जसले जिते पनि प्रतिशोधकै राजनीति हुन्छ। प्रगतिको राजनीति भनेको श्रम संस्कृति मात्रै हो।”

उनले आगामी दिनमा देशमा आन्दोलनको स्थिति बढ्न सक्ने संकेत गर्दै, “अब हुने भनेको आन्दोलन नै हो, आन्दोलन अनि आन्दोलन,” भन्दै चेतावनी दिएका छन्।


यो पनि पढ्नुहोस्