देवानगञ्ज घटनापछि सिंहदरबारमा सर्वदलीय बैठक सुरु, शीर्ष नेताहरू सहभागी

सर्वदलीय बैठक

१३ साउन ,काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनालगायत समसामयिक राष्ट्रिय विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ।बैठकको आह्वान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गरेका हुन्। बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा संसदीय प्रतिनिधिहरू सहभागी भएका छन्।

शीर्ष नेताहरूको सहभागिता

बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतको सहभागिता रहेको छ।त्यसैगरी अर्थमन्त्री स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, रास्वपाका उपनेता गणेश पराजुली, महामन्त्री विपिनकुमार आचार्य, राप्रपाकी प्रमुख सचेतक खुश्बु ओली तथा श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई पनि बैठकमा उपस्थित छन्।

सामाजिक सद्भाव कायम गर्ने विषयमा छलफल

सुनसरीको देवानगञ्जमा भएको संवेदनशील घटनापछि सामाजिक सद्भाव, शान्ति–सुरक्षा र द्वेष न्यूनीकरणका विषयमा राजनीतिक तहबाट साझा धारणा र सन्देश दिन आवश्यक ठानेर बैठक आयोजना गरिएको बताइएको छ।बैठकमा घटनापछिको समग्र अवस्था, सामाजिक एकता कायम गर्ने उपाय तथा शान्ति सुरक्षा सुदृढ बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।


यो पनि पढ्नुहोस: रासायनिक मल लिन गएका दुई नेपाली भारतीय जेलमा, रिहाइमा सहजीकरण गर्न कांग्रेसको माग, झापाको बोर्डिङ स्कुलमा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन,  टिकटकमा देखिएको ९ हजारको चाँदीको हार किन्न खोज्दा यसरी लुटियो ९७ हजार रुपैयाँयुरोपमा भीषण वनडढेलो: फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी विस्थापितदुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्युपर्सामा आँप बगैँचाबाट १४० किलो गाँजा बरामद,  १०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ,   पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

Leave a Reply

Your email address will not be published. Required fields are marked *