१३ साउन , काठमाडौं । अमेरिका र साउदी अरबले इराकका विभिन्न क्षेत्रमा हवाई हमला गरेका छन्। दुवै देशले इरान समर्थित सशस्त्र समूहका हतियार भण्डारण स्थललाई लक्ष्य बनाएर कारबाही गरिएको दाबी गरेका छन्।अमेरिकी सञ्चारमाध्यमका अनुसार पूर्वी इराकका विभिन्न स्थानमा रहेका हतियार भण्डारण केन्द्रमाथि हवाई आक्रमण गरिएको हो। अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले पछिल्ला ७२ घण्टामा भएका ड्रोन आक्रमणको जवाफस्वरूप उक्त कारबाही गरिएको जनाएको छ।
साउदीको दाबी : ड्रोन आक्रमणको प्रतिकार
साउदी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै हालै आफ्ना तेल पूर्वाधारलाई लक्षित गरी गरिएका ड्रोन आक्रमणको प्रतिकारस्वरूप सैन्य कारबाही गरिएको जनाएको छ। मन्त्रालयका अनुसार साउदीको हवाई प्रतिरक्षा प्रणालीले पूर्वी प्रान्त र रियाद क्षेत्रमा प्रहार गरिएका धेरै ड्रोन खसालेको थियो। ती ड्रोन इराकको भूमिबाट प्रहार गरिएको र इरानसँग सम्बन्धित समूहले सञ्चालन गरेको साउदीको दाबी छ।साउदीले आफू तनाव बढाउन नचाहेको तर आफ्नो सुरक्षामाथि हुने कुनै पनि आक्रमणको उचित जवाफ दिने स्पष्ट गरेको छ।
इरान समर्थित समूहले आरोप अस्वीकार
इरान समर्थित सशस्त्र समूहहरूको छाता संगठन इस्लामिक रेसिस्टेन्स इन इराक ले भने ड्रोन आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ।समूहले साउदीका आरोपलाई आधारहीन भन्दै अस्वीकार गर्दै आफूविरुद्ध कुनै सैन्य कदम चालिए त्यसको कडा जवाफ दिने चेतावनी दिएको छ।
जोर्डनस्थित अमेरिकी अड्डालाई पनि निशाना बनाइएको दाबी
अमेरिकी सैन्य स्रोतका अनुसार इराकमा भएको कारबाहीपछि इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै ड्रोन र ब्यालिस्टिक मिसाइल प्रहार गरेको दाबी गरिएको छ।अमेरिकी सेनाले ती सबै आक्रमण विफल पारिएको जनाएको छ। साथै इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले यस्ता गतिविधि नरोकिए थप सैन्य कारबाही हुन सक्ने चेतावनी पनि दिएको छ।
पुनः बढ्न सक्ने मध्यपूर्वी तनाव
घटनाबारे इरानले तत्काल आधिकारिक प्रतिक्रिया दिएको छैन। केही दिनदेखि देखिएको तनाव कम हुने संकेत यस घटनापछि फेरि कमजोर बनेको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले कूटनीतिक माध्यमबाट समस्या समाधान गर्ने पक्षमा रहेको बताएका थिए भने इरानले पनि अमेरिका आक्रमण नगरेसम्म आफूले नयाँ हमला नगर्ने जनाएको थियो।तर पछिल्लो घटनापछि दुवै पक्षबीच पुनः सैन्य तनाव बढ्ने सम्भावना देखिएको छ।
तेल बजार र क्षेत्रीय सुरक्षामा असर
विशेषगरी विश्वको ठूलो परिमाणमा तेल ओसारपसार हुने होर्मुज जलमार्ग वरपरको सुरक्षा अवस्थालाई लिएर अन्तर्राष्ट्रिय समुदाय चिन्तित बनेको छ।
तनावका कारण विश्व बजारमा तेलको मूल्यमा दबाब बढेको छ भने क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्ने विश्लेषण गरिएको छ।यसैबीच इराकका प्रधानमन्त्री अली अल–जाइदी ले साउदीमाथि भएको ड्रोन आक्रमणबारे अनुसन्धान गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। उनी निकट भविष्यमै साउदी अरबको भ्रमणमा जाने अपेक्षा गरिएको छ।
यो पनि पढ्नुहोस:देवानगञ्ज घटनापछि सिंहदरबारमा सर्वदलीय बैठक सुरु, शीर्ष नेताहरू सहभागी, रासायनिक मल लिन गएका दुई नेपाली भारतीय जेलमा, रिहाइमा सहजीकरण गर्न कांग्रेसको माग, झापाको बोर्डिङ स्कुलमा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन, टिकटकमा देखिएको ९ हजारको चाँदीको हार किन्न खोज्दा यसरी लुटियो ९७ हजार रुपैयाँ, युरोपमा भीषण वनडढेलो: फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी विस्थापित पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात























Leave a Reply