१३ चैत | काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले पदभार सम्हालेका छन्।
राष्ट्रपति कार्यालयमा शपथ ग्रहण सम्पन्न भएपछि उनी सिंहदरबार पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन्। पदभार ग्रहण गर्दै उनले आफ्नो कार्यकालको पहिलो निर्णय पनि सार्वजनिक गरे।
गुरुङले अब गृह मन्त्रालयअन्तर्गतका कामहरू एकद्वार प्रणालीमार्फत सञ्चालन गर्ने निर्णय लिएको जानकारी दिए। उनले सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउन यस्तो कदम चालिएको बताए।
कार्यक्रममा बोल्दै उनले भीआईपी शैलीमा अनावश्यक लावालस्कर देखाएर सर्वसाधारणलाई असहज बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने धारणा राखे। “म धेरै बोल्ने मान्छे होइन, काम गरेर देखाउँछु। जेनजी आन्दोलनका माग अनुसार नै हामी आएका हौं, सुशासनविपरीत कुनै गतिविधि सह्य हुँदैन,” उनले भने।
त्यस्तै, सेवा प्रवाहमा ढिलासुस्ती र गुनासा आउन नदिन कर्मचारीहरूलाई जिम्मेवार र सजग हुन पनि उनले निर्देशन दिएका छन्।

