पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइमा

१५ चैत काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा जारी छ। सुनुवाइ न्यायाधीश त्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा भइरहेको छ। आरोपपत्र अनुसार, नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकमा पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबार गर्न स्वीकृति दिएको थियो। अभियोगपत्रमा उल्लेख छ कि नेपालले २०६६ माघ १८ गते ठाडो आदेश जारी गर्दै पतञ्जलिलाई स्वीकृत सीमा भन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्न सहयोग गरेको आरोप छ।


यो पनि पढ्नुहोस्