सेफ सन्तोष साह धनुषाबाट पक्राउ, ठगी मुद्दामा अनुसन्धान सुरु

३० जेठ, काठमाडौं । चर्चित नेपाली सेफ सन्तोष साह लाई ठगी सम्बन्धी मुद्दामा पक्राउ गरिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई धनुषाको रामानन्द चोकबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार गएराति सन्तोष साहसँगै उनका दाजु नाता पर्ने नारायण साहलाई पनि नियन्त्रणमा लिइएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार शकुन्तला अधिकारी (थापा)ले दिएको जाहेरीका आधारमा ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको हो। सोही प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि सन्तोष साह र नारायण साहलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हालसम्म आरोपबारे सन्तोष साह वा उनका प्रतिनिधिबाट कुनै सार्वजनिक प्रतिक्रिया आएको छैन। प्रहरीले अनुसन्धान प्रक्रिया पूरा भएपछि थप विवरण सार्वजनिक गर्ने जनाएको छ।


यो पनि पढ्नुहोस:तीन वर्षदेखि कोमामा रहेकी थाइल्याण्डकी राजकुमारी बजरकितियाभाको निधन, केन्द्रले कर्णालीमा अनुदान बढायो, प्रमुख चुनौती कार्यान्वयनअमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउफ्लाई दुबईलाई पोखरा–दुबई सिधा उडान अनुमति, पर्यटन व्यवसायी उत्साहित,  इरानले अमेरिकी अपाचे हेलिकोप्टर खसाल्यो, अमेरिकाद्वारा केशम टापुमा प्रतिआक्रमणबीवाईडी प्रकरणमा एमालेको घोटाला आरोप, अर्थमन्त्रीमाथि राजद्रोहको मुद्दा चलाउन राप्रपाको मागन्यून चापीय वायुको प्रभाव कायम, आज विभिन्न क्षेत्रमा वर्षाको सम्भावनारविले बोलाएको सर्वदलीय बैठकमा गगन थापा सहभागी नहुने भएका छन्पोखरा बसपार्कका स्थानीयले आफैं हटाउन थाले घर–टहरा,  भारतीय विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री शिशिर खनालले भने– नेपाल सरकारसँग कुनै पुरानो बोझ छैन,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्