मनसुनको जोखिम बढेपछि बेँसीसहर–चामे र सुन्दरबजार–भोर्लेटार सडकमा राति सवारी सञ्चालन बन्द

१६ असार, लमजुङ । लगातारको वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि लमजुङका दुई प्रमुख सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। जिल्ला सुरक्षा समितिले मनसुनजन्य दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले असार मसान्तसम्मका लागि यो निर्णय गरेको हो।

सोमबार बसेको जिल्ला सुरक्षा समिति बैठकले अत्यावश्यक सेवामा प्रयोग हुने सवारीसाधनबाहेक अन्य सबै सवारीलाई रात्रिकालीन समयमा सञ्चालन गर्न नदिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतम ले जानकारी दिए। निर्णयअनुसार बेँसीसहर–चामे सडक अन्तर्गत बेँसीसहरदेखि मनाङको सीमा क्षेत्रसम्म प्रत्येक दिन साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालन बन्द रहनेछ। त्यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत सुन्दरबजार–भोर्लेटार सडकखण्डको बीमिरे भञ्ज्याङ क्षेत्रमा दैनिक साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकिएको छ।

मनसुनका कारण पहिरो र बाढीको जोखिम बढेपछि लमजुङमा बेँसीसहर–चामे र सुन्दरबजार–भोर्लेटार सडकखण्डमा रातिको समयमा अत्यावश्यकबाहेकका सवारी सञ्चालन बन्द गर्ने निर्णय।

जिल्ला प्रशासनका अनुसार जल तथा मौसम विज्ञान विभागले आगामी दिनमा भारी वर्षाको सम्भावना औंल्याएको छ। साथै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि उच्च सतर्कता अपनाउन आग्रह गरेपछि यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै यस्तो निर्णय गरिएको हो। बेँसीसहर–चामे सडक लमजुङ र मनाङलाई जोड्ने एकमात्र सडक हो। बर्खायाममा बारम्बार पहिरो खस्ने भएकाले यो सडक पटक–पटक अवरुद्ध हुने गरेको छ। सडक बन्द हुँदा मनाङका बासिन्दाले आवतजावतका लागि हेलिकोप्टरको सहारा लिनुपर्ने अवस्था समेत विगतमा देखिएको छ।

बेँसीसहरदेखि मनाङको म्यार्दी खोलास्थित सीमासम्म करिब ३५ किलोमिटर तथा चामेसम्म करिब ६५ किलोमिटर दूरी रहेको छ। यस्तै, राइनास नगरपालिकादेखि मध्यनेपाल नगरपालिका हुँदै कास्कीको सीमासम्म फैलिएको सुन्दरबजार–भोर्लेटार सडकखण्ड पनि वर्षायाममा उच्च जोखिममा रहने सडकमध्ये एक हो। विशेषगरी बीमिरे भञ्ज्याङ क्षेत्रमा बारम्बार पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या दोहोरिने गरेको छ। प्रशासनले अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न तथा मौसम र सडक अवस्थाबारे सम्बन्धित निकायबाट जारी हुने सूचनालाई ध्यान दिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ.


यो पनि पढ्नुहोस:३४ भन्दा बढी जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह, युरोपमा गर्मीको कहर, तातो लहरका कारण १,३०० भन्दा बढीको मृत्युआठ विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया सुरु, अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण हुँदै,   हुरीबाट शुक्लाफाँटका ८० परिवार प्रभावित, ६० घर र २० गोठमा क्षतितीन वर्षदेखि कोमामा रहेकी थाइल्याण्डकी राजकुमारी बजरकितियाभाको निधनकेन्द्रले कर्णालीमा अनुदान बढायो, प्रमुख चुनौती कार्यान्वयनअमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउफ्लाई दुबईलाई पोखरा–दुबई सिधा उडान अनुमति, पर्यटन व्यवसायी उत्साहित,  इरानले अमेरिकी अपाचे हेलिकोप्टर खसाल्यो, अमेरिकाद्वारा केशम टापुमा प्रतिआक्रमणबीवाईडी प्रकरणमा एमालेको घोटाला आरोप,   पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्