१३ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण आजदेखि सुरु भएको छ। शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयका अनुसार विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिले स्वीकृत गरेको कार्यतालिका अनुसार तीनवटै विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता, प्रस्तुतीकरण र मूल्याङ्कन प्रक्रिया समानान्तर रूपमा सञ्चालन भइरहेको छ।
सरकारले उच्च शिक्षामा गुणस्तरीय सुधार, विश्वविद्यालयहरूको संस्थागत सुदृढीकरण तथा सक्षम, दूरदर्शी र परिणाममुखी नेतृत्व चयन गर्ने उद्देश्यले यस पटक एकीकृत छनोट प्रक्रिया लागू गरेको जनाएको छ। यसबाट विश्वविद्यालय प्रशासनमा योग्यता, पारदर्शिता, उत्तरदायित्व र उत्कृष्टताको संस्कृतिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार बाँकी पाँच विश्वविद्यालयका उपकुलपति पदका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण क्रमशः भोलि र पर्सि सञ्चालन हुनेछ। यससँगै आठवटै विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया निर्धारित समयभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ।
सरकारले पहिलो पटक ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार सबै विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया एउटै प्रणालीबाट अघि बढाएको हो। गत वैशाख २४ गते त्रिभुवन विश्वविद्यालयसहित आठ विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको थियो। त्यसपछि छनोट तथा सिफारिस समितिले प्राप्त आवेदनहरूको प्रारम्भिक परीक्षण गरी योग्य उम्मेदवारहरूको सूची तयार गरेको थियो।
मन्त्रालयका अनुसार विज्ञहरूको मूल्याङ्कनपछि सर्टलिस्टमा परेका उम्मेदवारले अहिले आफ्नो कार्ययोजना प्रस्तुत गरिरहेका छन्। अन्तर्वार्ता र प्रस्तुतीकरणमा प्राप्त अंकका आधारमा सिफारिस समितिले योग्य उम्मेदवार छनोट गरी उपकुलपतिको नाम कुलपतिसमक्ष सिफारिस गर्नेछ। सरकारले उपकुलपति छनोटका लागि शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरेको थियो। समितिले विज्ञहरूको सहयोगमा मूल्याङ्कन प्रक्रिया पूरा गरी अन्तिम सिफारिस गर्ने मन्त्रालयले जनाएको छ।
यो पनि पढ्नुहोस: हुरीबाट शुक्लाफाँटका ८० परिवार प्रभावित, ६० घर र २० गोठमा क्षति, तीन वर्षदेखि कोमामा रहेकी थाइल्याण्डकी राजकुमारी बजरकितियाभाको निधन, केन्द्रले कर्णालीमा अनुदान बढायो, प्रमुख चुनौती कार्यान्वयन, अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ, फ्लाई दुबईलाई पोखरा–दुबई सिधा उडान अनुमति, पर्यटन व्यवसायी उत्साहित, इरानले अमेरिकी अपाचे हेलिकोप्टर खसाल्यो, अमेरिकाद्वारा केशम टापुमा प्रतिआक्रमण, बीवाईडी प्रकरणमा एमालेको घोटाला आरोप, अर्थमन्त्रीमाथि राजद्रोहको मुद्दा चलाउन राप्रपाको माग, न्यून चापीय वायुको प्रभाव कायम, आज विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, रविले बोलाएको सर्वदलीय बैठकमा गगन थापा सहभागी नहुने भएका छन्, पोखरा बसपार्कका स्थानीयले आफैं हटाउन थाले घर–टहरा, भारतीय विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री शिशिर खनालले भने– नेपाल सरकारसँग कुनै पुरानो बोझ छैन, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply