३ साउन, काभ्रे । काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरो हटाइएपछि बीपी राजमार्गमा सवारी आवागमन पुनः सञ्चालन भएको छ। प्रहरीका अनुसार पहिरो पन्छाउने काम सम्पन्न भएपछि शनिबार बिहान ७:४० बजेदेखि राजमार्गमा सवारीसाधन सञ्चालन गरिएको हो। अविरल वर्षापछि रोशी गाउँपालिका–७, ८ र ९ का विभिन्न स्थानमा पहिरो खस्दा बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।
सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार रोशी–७ को अमलटारी मुनि खसेको पहिरो तथा रोशी–९ पिन्थलीबेँशीमा जमेको लेदो हटाइएपछि सडक खुलाइएको हो। सडक खुलेसँगै अवरुद्ध भएका सवारीसाधन गन्तव्यतर्फ सञ्चालन हुन थालेका छन्। प्रहरीले वर्षायाममा पहिरोको जोखिम अझै कायम रहेकाले यात्राका क्रममा आवश्यक सावधानी अपनाउन चालक तथा यात्रुलाई आग्रह गरेको छ।
यो पनि पढ्नुहोस:धेरै सन्तान जन्माउने दम्पतीलाई प्रोत्साहन, ५ हजारदेखि २० हजारसम्म प्रदान, कपनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, साउनमा ६ वाणिज्य बैंकले घटाए ब्याजदर, कन्सल्टेन्सीमा सरकारको कडाइ, २५ लाख रुपैयाँ धरौटी व्यवसायी चरणबद्ध आन्दोलनमा, कोशी अस्पतालको सरकारी जग्गामा डोजर, गुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

























Leave a Reply