काठमाडौं र ललितपुरका मसाज सेन्टरमा प्रहरीको ठूलो कारबाही, २५८ जना नियन्त्रणमा

२० वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन भइरहेका मसाज सेन्टरहरूमा प्रहरीले ठूलो कारबाही गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले आइतबार एकैदिन ५७ वटा मसाज सेन्टरमा छापा मार्दा २५८ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार काठमाडौंको ठमेल र बौद्ध क्षेत्रसँगै ललितपुरका विभिन्न स्थानमा सञ्चालन भइरहेका मसाज सेन्टरहरूमा अनैतिक क्रियाकलाप भइरहेको सूचनाका आधारमा कारबाही गरिएको हो।यस क्रममा २४० जना महिला र १८ जना पुरुष नियन्त्रणमा परेका छन्। उनीहरूलाई आवश्यक अनुसन्धानका लागि राखिएको प्रहरीले जनाएको छ।

काठमाडौं र ललितपुरका ५७ मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा। ठमेल र बौद्ध क्षेत्र केन्द्रित कारबाही, अनैतिक गतिविधिमा संलग्न आरोप।

प्रहरी स्रोतका अनुसार पछिल्लो समय उपत्यकामा मसाज सेन्टरको आवरणमा गैरकानुनी गतिविधि बढ्दै गएको गुनासो आएपछि विशेष निगरानीसहित अपरेशन सञ्चालन गरिएको थियो।अहिले नियन्त्रणमा लिइएकामाथि थप अनुसन्धान भइरहेको छ , सञ्चालन अनुमति र गतिविधि समेत जाँच भइरहेको बताइएको छ।


यो पनि पढ्नुहोस: पहिरोले कान्ति लोकपथ र अरनिको राजमार्ग ठप्प | नेपालभर सडक अवरुद्ध, रवि लामिछाने र ट्रम्पका दूत सर्जियो गोरबीच भेट, आर्थिक सहकार्यमा छलफल,  धनुषाबाट १३७ किलो गाँजासहित दुई जना पक्राउ,  काठमाडौंमा पेस्तोल र १६ हजार ट्रामाडोलसहित ४ जना पक्राउ,  ई–बिडिङ ह्याक काण्ड: नेपाल टेलिकम सर्भर ह्याकमा समातिएका कर्मचारी फेरि पक्राउ,  मालपोत अधिकृत र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,  किन कुमारी बैंक र सिद्धार्थ बैंकले ताने सेयर लगानीकर्तालाई?,   पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्