६ वैशाख, काठमाडौं | सल्यान जिल्लामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बनगाड कुपिण्डे नगरपालिका–८ स्थित पुथालामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा चार जनाको ज्यान गएको हो।प्रहरी इन्सपेक्टर देवराज भट्टराईका अनुसार पछिल्लो पटक ३० वर्षीय मनबहादुर थापाको मेहेलकुना उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या ४ पुगेको हो। यसअघि ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षीय ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुनको घटनास्थलमै मृत्यु भएको थियो।
कालीमाटीको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप शनिबार साँझ दुर्घटनामा परेको थियो।वडाध्यक्ष कुलबहादुर पुरीका अनुसार जिपमा १८ जना सवार थिए। तीमध्ये १४ जना घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी मेहेलकुना अस्पताल पठाइएको थियो।प्रहरीका अनुसार ८ जनाको नर्सिङ होम, २ जनाको न्युरो अस्पताल र अन्यलाई थप उपचारका लागि बाँके पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना : घाइतेहरु :
१. बनगाड कुपिण्डे–८ का वर्ष ६४ का अम्मरसिंह कँवर (गम्भीर)
२. ऐ.ऐ. बस्ने वर्ष २७ को डम्मर घर्ती (गम्भीर)
३. ऐ.ऐ. बस्ने वर्ष ३० का जनक थापा (गम्भीर)
४. ऐ.ऐ. बस्ने वर्ष ४९ को भुपेन्द्र कँवर (गम्भीर)
५. ऐ.ऐ. बस्ने वर्ष ३० का भुलबहादुर थापा (गम्भीर)
६. ऐ.ऐ. बस्ने वर्ष ५६ का जुगसिहं पुन (गम्भीर)
७. ऐ.ऐ. बस्ने वर्ष ३८ का अम्मर पुन (मध्यम)
८. ऐ.ऐ. बस्ने वर्ष २८ का नरसिङ थापा (मध्यम)
९. ऐ.ऐ. बस्ने वर्ष २५ का प्रेमबहादुर घर्ती (मध्यम)
१०. ऐ.ऐ. बस्ने वर्ष २५ का नरबहादुर थापा (मध्यम)
११. ऐ.ऐ. बस्ने वर्ष ३८ का कर्ण बहादुर थापा (मध्यम)
१२. ऐ.ऐ. बस्ने वर्ष ४५ का लाल ब. घर्ती (मध्यम)
१३. ऐ.ऐ. बस्ने वर्ष १५ का तिलक थापा (मध्यम)
१४. ऐ.ऐ. बस्ने चालक वर्ष ३८ का कुलबहादुर राना (गम्भीर)
स्रोत : जिल्ला प्रहरी कार्यालय सल्यान
यो पनि पढ्नुहोस:इन्धनको मूल्य नघटाए नेपाल आयल निगम घेराउ गर्ने चेतावनी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजाको तेलसहित एक अमेरिकी नागरिक पक्राउ, चीन युथ पायोनियर प्रोग्राम नेपाल सुरु: जेनजी युवालाई नेतृत्व तालिम र चीन भ्रमण अवसर, ट्रम्प भेटअघि चीनको कूटनीतिक दौडधुप: इरानलाई मनाउँदै, अमेरिकासँग सन्तुलन खोज्दै बेइजिङ, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply