इरानको चेतावनी: स्ट्रेट अफ होर्मुज पार गर्ने जहाजमाथि आक्रमण हुने

६ वैशाख, काठमाडौं | विश्वको अत्यन्त संवेदनशील ऊर्जा मार्ग स्ट्रेट अफ होर्मुज फेरि गम्भीर तनावको केन्द्र बनेको छ।इरानले जलमार्ग पुनः बन्द गर्ने घोषणा गर्दै अमेरिकी नाकाबन्दी नहटेसम्म कुनै पनि जहाजलाई आवतजावत गर्न नदिने चेतावनी दिएको छ।इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) को नौसेनाले जारी गरेको वक्तव्यमा स्ट्रेट अफ होर्मुज पार गर्न खोज्ने जहाजलाई ‘निशाना बनाइने’ स्पष्ट चेतावनी दिइएको छ। इरानले फारसको खाडी र ओमान सागरबाट प्रवेश गर्ने जहाजलाई शत्रुसँगको सहकार्यका रूपमा लिने जनाएको छ।

इरानको चेतावनी तनाव चुलियो। इरानले जलमार्ग बन्द गर्दै होर्मुज आवतजावत गर्ने जहाजमाथि आक्रमण गर्ने चेतावनी दिएको छ।

यसअघि पाकिस्तानको मध्यस्थतामा अमेरिका–इरानबीच भएको वार्तामा जलमार्ग खोल्ने सहमति भएको भनिएको थियो। तर डोनाल्ड ट्रम्पले इरानमाथिको नाकाबन्दी जारी रहने बताएपछि स्थिति फेरि तनावग्रस्त बनेको हो।ट्रम्पले इरानको युरेनियम अमेरिका लैजाने सहमति भएको दाबी गरे पनि इरानले त्यसलाई अस्वीकार गर्दै ‘झुटो’ आरोप लगाएको छ।इरानका संसद् सभामुख मोहम्मद बाकर गालिबाफले स्ट्रेट अफ होर्मुज इरानको नियन्त्रणमा रहेको दाबी गर्दै अमेरिकी कदमको आलोचना गरेका छन्।

यसबीच बेलायतको युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेसन्सका अनुसार इरानले भारतका दुई जहाजमाथि गोली चलाएको छ। भारतले पनि आफ्ना जहाज ‘फायरिङ’ घटनामा परेको पुष्टि गरेको छ।विश्लेषकहरूका अनुसार अहिले अवस्था ‘दुईतर्फी नाकाबन्दी’ जस्तै देखिएको छ—एकातर्फ अमेरिकाको दबाब, अर्कोतर्फ इरानको जलमार्ग नियन्त्रण।विश्वको प्रमुख तेल आपूर्ति मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बढ्दो तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा प्रत्यक्ष असर पर्ने चिन्ता बढेको छ।


यो पनि पढ्नुहोस: सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना : ४ जनाको मृत्यु , १४ घाइते, , इन्धनको मूल्य नघटाए नेपाल आयल निगम घेराउ गर्ने चेतावनी,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजाको तेलसहित एक अमेरिकी नागरिक पक्राउचीन युथ पायोनियर प्रोग्राम नेपाल सुरु: जेनजी युवालाई नेतृत्व तालिम र चीन भ्रमण अवसर,  ट्रम्प भेटअघि चीनको कूटनीतिक दौडधुप: इरानलाई मनाउँदै, अमेरिकासँग सन्तुलन खोज्दै बेइजिङ,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्