रंगशालामा स्क्रिनिङपछि ५ स्थानमा राखिने सुकुम्बासी

१२ वैशाख, काठमाडौं । काठमाडौंका नदी किनार क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीहरूलाई व्यवस्थापन गर्न सरकारले होल्डिङ सेन्टरहरू तयार पारेको छ।पहिलो चरणमा थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका सुकुम्बासी बस्ती हटाउने तयारी गरिएको छ। बस्ती हटाएपछि उनीहरूलाई अस्थायी रूपमा विभिन्न स्थानमा राखिने योजना बनाइएको छ।

रंगशालामा स्क्रिनिङ गरेपछि यी ठाउँमा राखिनेछन् सुकुम्बासीलाई

बालेन शाह का प्रेस सल्लाहकार एवं अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार वास्तविक सुकुम्बासीहरूका लागि मानवीय आधारमा पाँच स्थानमा पुनर्स्थापनाको व्यवस्था गरिएको छ।उनका अनुसार नागार्जुन क्षेत्रमा ४२ वटा व्यवस्थित आवास युनिट तयार गरिएको छ। त्यस्तै कीर्तिपुर स्थित सत्सङ भवनमा पनि सुकुम्बासीहरूलाई राखिने भएको छ। यसैगरी बोडे मा रहेको कृषि विकास बैंकको तालिम केन्द्र, खरीपाटी र चाँदबागस्थित सरकारी भवन तथा खाली जग्गामा पनि व्यवस्थापन गरिनेछ।

सरकारले नक्कली सुकुम्बासीलाई भने कुनै पनि प्रकारको सुविधा नदिने स्पष्ट पारेको छ। अन्यत्र जग्गा भएका व्यक्तिहरूले सुकुम्बासीको नाममा सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइएमा उनीहरूको विवरण सार्वजनिक गरिने तयारी छ।अब प्रत्येक व्यक्तिको विवरण डिजिटल प्रणालीमा राखेर विस्तृत अभिलेख तयार पारिनेछ। शनिबार बिहानदेखि हटाइएका परिवारका लागि खानाको व्यवस्था समेत गरिएको छ। सरकारका अनुसार पुनर्स्थापनाका लागि छनोट गरिएका स्थानहरूमा पानी, बिजुली र शौचालयको सुविधा सुनिश्चित गरिएको छ। साथै, यसअघि निर्माण भएका संरचनाहरूलाई नै प्रयोग गरेर व्यवस्थापन गर्ने योजना बनाइएको छ।


यो पनि पढ्नुहोस: सशस्त्र प्रहरी बलका ७ एसपी एसएसपी बढुवाका लागि सिफारिस, मिरमिरेमै बसाइँ सर्दै सुकुमवासी बासिन्दा | काठमाडौंमा आफैं बस्ती खाली गर्दै सुकुमवासी बस्ती,  सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयक मस्यौदा (पूर्णपाठ)डढेलो नियन्त्रण ड्रोन प्रविधि कहिलेदेखि लागू हुन्छ ? १८ बुँदे प्रतिबद्धतामा यी विषय समेटिएका२५ जना सह-सचिव प्रदेशका मन्त्रालयमा सरुवा, मन्त्रिपरिषद्को निर्णयआज २०औं लोकतन्त्र दिवस | पूर्वराजा ज्ञानेन्द्र शाह को पोखरा भ्रमण, राजनीतिक भेटघाटमा सक्रियव्यवसायी शेखर गोल्छा पक्राउ, धितोपत्र कारोबारमा दीपक भट्टसँग कनेक्सन,  व्यवसायीले सोमबारदेखि पूर्ण तौल १४.२ किलो ग्यास सिलिन्डर बेच्ने घोषणा,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्