व्यवसायीले सोमबारदेखि पूर्ण तौल १४.२ किलो ग्यास सिलिन्डर बेच्ने घोषणा

८ वैशाख ,  काठमाडौं। १४.२ किलो ग्यास सिलिन्डर बिक्री गर्ने निर्णय गर्दै ग्यास व्यवसायीहरूले सरकारको ‘आधा सिलिन्डर’ नीति अस्वीकार गरेका छन्।बजारमा देखिएको ग्यास अभाव समाधान गर्न सरकारले ल्याएको ७.१ किलोको आधा सिलिन्डर नीति व्यवसायीहरूले नमान्ने स्पष्ट घोषणा गरेका हुन्। अब आगामी सोमबारदेखि उपभोक्तालाई पूर्ण तौल अर्थात् १४.२ किलो ग्यास सिलिन्डर नै बिक्री गरिने व्यवसायीहरूले बताएका छन्।ग्यास विक्रेता महासंघ र नेपाल एलपी ग्यास उद्योग संघबीच भएको संयुक्त बैठकले यस्तो निर्णय गरेको महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले जानकारी दिए।उनका अनुसार डिजेल मूल्यमा भएको अप्रत्याशित वृद्धिका कारण ढुवानी खर्च अत्यधिक बढेको छ, जसले व्यवसाय सञ्चालन गर्न कठिन बनाएको छ।

१४.२ किलो ग्यास सिलिन्डर, ग्यास अभाव नेपाल, ग्यास व्यवसायी निर्णय, नेपाल आयल निगम, एलपी ग्यास नेपाल, डिजेल मूल्य वृद्धि, नेपाल समाचार, ग्यास सिलिन्डर नीति

‘हामीले सोमबारदेखि १४.२ किलोकै ग्यास सिलिन्डर बिक्री गर्ने सर्वसम्मत निर्णय गरेका छौं,’ अर्यालले भने, ‘यदि सरकारले ढुवानी खर्च व्यवस्थापन नगरे व्यवसाय नै सञ्चालन गर्न असम्भव हुन्छ।’व्यवसायीहरूका अनुसार आधा सिलिन्डर नीति लागू गर्दा उपभोक्ता र व्यवसायी दुवै मारमा परेका छन्। उपभोक्ताको घरमा आधा सिलिन्डर थुप्रिँदा उद्योगमा आएको ग्यास अनलोड गर्न समस्या भइरहेको छ।

उद्योग संघले अहिले सबै ग्यास बुलेट भरिभराउ अवस्थामा रहेको र बजारमा पूर्ण क्षमताको सिलिन्डर पठाउन कुनै समस्या नरहेको जनाएको छ।व्यवसायीहरूले नेपाल आयल निगमको नीतिलाई अदूरदर्शी भन्दै चेतावनी दिएका छन् कि यदि तत्काल समाधान नआए आगामी दुई महिनाभित्र देशमा ग्यासको चरम अभाव हुन सक्छ।

उनीहरूले यसअघि सरकारसँग पटक–पटक छलफल गरे पनि कुनै ठोस पहल नभएको गुनासो गरेका छन्।डिजेल मूल्यवृद्धिका कारण ढुवानी र सञ्चालन खर्च बढेकाले घाटा सहेर ग्यास कारोबार गर्न नसक्ने अडान व्यवसायीहरूले लिएका छन्।यता आयल निगमले भने तत्काल ग्यास अभाव नभए पनि भविष्यको सम्भावित संकटलाई ध्यानमा राख्दै सावधानी अपनाइएको बताउँदै आएको छ।


यो पनि पढ्नुहोस: अन्डर लाइट्स टी-२०आई सिरिज: नेपाल आज यूएईसँग दोस्रो खेल खेल्दैगृहमन्त्री गुरुङले लुकाए सेयर, स्पष्टीकरणमा पनि विरोधाभासअमेरिकाद्वारा हर्मुज नजिकै इरानी पानीजहाज कब्जा, तनाव चुलियोसरकारी कर्मचारीलाई १५ दिनमै तलब दिने तयारी, ऐन संशोधन आवश्यककपिलवस्तुमा पेस्तोलसहित युवक पक्राउ, अनुसन्धान सुरुसडक विस्तारका कारण वीरगञ्जमा विद्युत् र इन्टरनेट सेवा अवरुद्धगोरखामा पहिलो पटक ठाडो भाका प्रतियोगिता हुँदै,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


2 responses to “व्यवसायीले सोमबारदेखि पूर्ण तौल १४.२ किलो ग्यास सिलिन्डर बेच्ने घोषणा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्