११ वैशाख, काठमाडौं | सरकारले २५ जना सह–सचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव सरुवा सम्बन्धी निर्णय गरेको हो।सरकारको निर्णयअनुसार संघीय मन्त्रालयअन्तर्गत कार्यरत २५ जना सहसचिवमध्ये:
- २१ जनालाई प्रदेश सरकारका विभिन्न मन्त्रालयमा सचिवको जिम्मेवारी दिइएको छ
- ४ जनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै सह–सचिवको रूपमा कायम राखिएको छ
यो सरुवा निर्णय संघ र प्रदेशबीच प्रशासनिक सन्तुलन कायम गर्ने उद्देश्यले गरिएको बताइएको छ।सरकारले प्रदेश सरकारहरूको कार्यक्षमता बढाउन तथा प्रशासनिक संरचना मजबुत बनाउन यस्तो निर्णय गरेको स्रोतले जनाएको छ।सरुवासँगै प्रदेश तहमा नीति कार्यान्वयन र प्रशासनिक सेवा प्रवाहमा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ।


यो पनि पढ्नुहोस:व्यवसायी शेखर गोल्छा पक्राउ, धितोपत्र कारोबारमा दीपक भट्टसँग कनेक्सन, तम्घासमा फोहोर बिक्री सुरु, व्यवसायीले सोमबारदेखि पूर्ण तौल १४.२ किलो ग्यास सिलिन्डर बेच्ने घोषणा, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply