भारतबाट भित्रँदैछ हावाहुरीसहित वर्षा गराउने बादल, पूर्वमा पनि सक्रिय अर्को प्रणाली

१६ वैशाख । भारतमा विकसित हावाहुरीसहित वर्षा गराउने बादल नेपालतर्फ सर्दै आएको जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ। मौसमविद् सरोज पुडासैनी का अनुसार पश्चिमबाट आएको उक्त प्रणाली हाल कञ्चनपुर आसपास आइपुगेको छ र क्रमशः देशभर फैलिने क्रममा छ।विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा ले बुधबारका लागि विशेष बुलेटिन जारी गर्दै तीव्र हावाहुरीको चेतावनी दिएको छ।

महाशाखाका अनुसार बुधबार दिउँसो ४ बजेदेखि बिहीबार बिहान ६:४५ बजेसम्म २०–२५ मिटर प्रतिसेकेन्ड गतिसम्मको हावाहुरी चल्ने सम्भावना छ। यसको प्रभाव स्थानअनुसार फरक हुन सक्ने जनाइएको छ।हाल पश्चिमी प्रणाली र पूर्वी भूभाग नजिक बनेको न्यूनचापीय प्रणाली एकआपसमा जुध्ने अवस्थामा रहेकोले हावाहुरी, मेघगर्जन, चट्याङ तथा असिनासहित वर्षा हुने सम्भावना बढेको हो।

सुदूरपश्चिमका कञ्चनपुर, डडेलधुरा, डोटी, लुम्बिनीका बर्दिया, बाँके, दाङ, अर्घाखाँची, नवलपरासी लगायतका क्षेत्रमा उच्च जोखिम देखिएको छ। त्यस्तै गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा पनि हावाहुरीको सम्भावना रहेको छ।यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

नेपालमा हावाहुरीसहित वर्षाको चेतावनी । महाशाखाका अनुसार बुधबार दिउँसो ४ बजेदेखि बिहीबार बिहान ६:४५ बजेसम्म २०–२५ मिटर प्रतिसेकेन्ड गतिसम्मको हावाहुरी चल्ने सम्भावना छ

प्राधिकरणले हावाहुरीको समयमा बाहिर ननिस्कन, झ्यालढोका मजबुत बनाउन, कमजोर छाना किलाकाँटीले बाँध्न, बिजुलीका तार तथा पोल नजिक नबस्न र आगो प्रयोग गर्दा सावधानी अपनाउन सुझाव दिएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र मध्यम वर्षाको सम्भावना रहेको छ भने केही पहाडी क्षेत्रमा भारी वर्षा समेत हुन सक्ने चेतावनी दिइएको छ।


यो पनि पढ्नुहोस: किन कुमारी बैंक र सिद्धार्थ बैंकले ताने सेयर लगानीकर्तालाई?,  बुटवल स्कुटर दुर्घटनामा २ जनाको मृत्यु, एक जना सख्त घाइते,   पहुँचका आधारमा कर्मचारीले लिएको चारपांग्रे सुविधा खोस्दै सरकार,  ७ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित),  कांग्रेसले संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ,  लागुऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउछिटो मल आयातले टऱ्यो ठूलो संकट, अहिले के छ नेपालको अवस्था?,    पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


यो पनि पढ्नुहोस्